Trending
>>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ?
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

अमेरिकाद्वारा क्यानेडियन स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर फिर्ता


एजेन्सी। क्यानाडाको ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यहरूमा बिजुली निर्यातमा कर घटाएपछि संयुक्त राज्य अमेरिकाले क्यानाडाको स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने आफ्नो योजना उल्टाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडा विरुद्ध ५० प्रतिशत करको बदलामा आफ्नो कार्यकारी शक्ति प्रयोग गर्ने धम्की दिएपछि ओन्टारियो प्रिमियर डग फोर्डले (वाणिज्य) सचिव (हावर्ड) लुटनिकसँग कुरा गर्दै संयुक्त राज्य अमेरिकामा बिजुली निर्यातमा २५ प्रतिशत शुल्क लागू गर्नबाट पछि हटेको बताएका छन् । ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले यसबारे जानकारी दिनएका छन् । यसअघि मंगलवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा क्यानाडाको ओन्टारियो प्रान्तबाट बिजुली निर्यातमा करको प्रतिक्रियामा क्यानाडाबाट स्टील र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने बताएका थिए । जसले कुल कर ५० प्रतिशतमा पुर्याएको थियो । त्यसको केही समयपछि ओन्टारियोले तीन अमेरिकी राज्यहरूमा बिजुली निर्यातमा २५ प्रतिशत अधिभार निलम्वन गर्न सहमति जनाएको थियो ।

ओन्टारियोका प्रिमियर डग फोर्ड र अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकको संयुक्त विज्ञप्ति अनुसार फोर्डले बिहीवार लुटनिकसँग भेट्न र अप्रिल २ को पारस्परिक ट्यारिफ समयसीमा अगाडि नवीकरण गरिएकोबारे छलफल गर्न वाशिंगटनको यात्रा गर्ने बताइएको छ । यसअघि ट्रम्पले क्यानडा र मेक्सिकोमा व्यापक २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए । जुन मार्च ४ मा लागू भएको थियो ।

यद्यपि दुई दिनपछि, ट्रम्पले आफ्नो अडान उल्ट्याएर ट्यारिफ उपायहरू समायोजन गरेका छन् ।


प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?