Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

उदयपुर सिमेन्ट उद्योग यथाशिघ्र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण


काठमाडौँ। राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सनाले समाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै गइरहेको भएपनि नेपालमा दातृ देशहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुन थालेको बताएकी छिन ।

राष्ट्रिय सभाको आईतवारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे अवस्थामा छोडेको आरोप लगाउएकी छिन् । उनले उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरुले पारिश्रमिक पाउन नसकेको बतइन् ।

उनले भनिन्, ‘समाजवादीउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै जान्छ । तर हाम्रो देशमा दातृ मुलुकहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुँदै गइरहेका छन् । लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे भएको छ । कामदार र कर्मचारी महिनौंदेखि भोकभोकै मरिरहेका छन् । अध्यक्षमार्फत तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथि खेलवाड गर्न रोकियोस् भनेर आदेश दिनको लागि आग्रह गर्न चाहन्छु ।’

उनले तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथिको खेलवाड बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन् ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?