Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

उदयपुर सिमेन्ट उद्योग यथाशिघ्र सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण


काठमाडौँ। राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सनाले समाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै गइरहेको भएपनि नेपालमा दातृ देशहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुन थालेको बताएकी छिन ।

राष्ट्रिय सभाको आईतवारको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे अवस्थामा छोडेको आरोप लगाउएकी छिन् । उनले उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरुले पारिश्रमिक पाउन नसकेको बतइन् ।

उनले भनिन्, ‘समाजवादीउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै जान्छ । तर हाम्रो देशमा दातृ मुलुकहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुँदै गइरहेका छन् । लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे भएको छ । कामदार र कर्मचारी महिनौंदेखि भोकभोकै मरिरहेका छन् । अध्यक्षमार्फत तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथि खेलवाड गर्न रोकियोस् भनेर आदेश दिनको लागि आग्रह गर्न चाहन्छु ।’

उनले तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथिको खेलवाड बन्द गर्न सरकारको ध्यानाकर्षण गराइन् ।


प्रकाशित मिति: २५ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?