Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै हो : मन्त्री भण्डारी


काठमाडौँ। नेपाल सरकारले ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार भएको बताएका छन् । उनले आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना गरिएको बताए । उनले रोजगार महाशाखाको नेतृत्वमा आगामी दशकलाई उद्यमशील समाज निर्माण गर्ने बताउदै रोजगार सम्मेलनमा उद्यमशीलताका आधारमा रोजगारी सिर्जन गर्ने विषयमा छलफल हुने उनको भनाइ छ ।

उनले भने, ‘हामी आफैँले जुन किसिमको भाष्य निर्माण गरेका छौँ कि मुलुक खाली हुन थाल्यो, उत्पादनशील युवा बाहिर जान थाले, देशमा कहीँ केही छैन । सबै विदेश गए मुलुक खाली भयो भन्ने खालको भाष्य निर्माण भइरहेको छ । अहिलेको महत्वपूर्ण विषय भनेको वैदेशिक रोजगारको विकल्प भनेको आन्तरिक रोजगार नै हो, अर्को उपाय छैन । अहिले मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना भइसकेको छ । यसैले लिड गरेर मुलुकमा आन्तरिक रोजगारका सम्भावनालाई हेरेर आगामी दशकलाई उद्यमशिलताको आधारमा उत्पादनशिल समाज बनाएर उत्पादन बढाएर कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भनेर छलफल गर्न खोजिएको छ ।’

सम्मेलनमा रोजगारी र उत्पादनशिलतामा सम्बन्धित तीनै तहका सरकार,निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी, अनुसन्धानकर्ता, विज्ञ विकास साझेदार, गैरसरकारी क्षेत्रका गरी पाँच सय युवाको सहभागिता रहने जनाइएको छ ।


प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?