Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार नै हो : मन्त्री भण्डारी


काठमाडौँ। नेपाल सरकारले ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारको विकल्प आन्तरिक रोजगार भएको बताएका छन् । उनले आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना गरिएको बताए । उनले रोजगार महाशाखाको नेतृत्वमा आगामी दशकलाई उद्यमशील समाज निर्माण गर्ने बताउदै रोजगार सम्मेलनमा उद्यमशीलताका आधारमा रोजगारी सिर्जन गर्ने विषयमा छलफल हुने उनको भनाइ छ ।

उनले भने, ‘हामी आफैँले जुन किसिमको भाष्य निर्माण गरेका छौँ कि मुलुक खाली हुन थाल्यो, उत्पादनशील युवा बाहिर जान थाले, देशमा कहीँ केही छैन । सबै विदेश गए मुलुक खाली भयो भन्ने खालको भाष्य निर्माण भइरहेको छ । अहिलेको महत्वपूर्ण विषय भनेको वैदेशिक रोजगारको विकल्प भनेको आन्तरिक रोजगार नै हो, अर्को उपाय छैन । अहिले मन्त्रालयमा आन्तरिक रोजगार महाशाखा स्थापना भइसकेको छ । यसैले लिड गरेर मुलुकमा आन्तरिक रोजगारका सम्भावनालाई हेरेर आगामी दशकलाई उद्यमशिलताको आधारमा उत्पादनशिल समाज बनाएर उत्पादन बढाएर कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भनेर छलफल गर्न खोजिएको छ ।’

सम्मेलनमा रोजगारी र उत्पादनशिलतामा सम्बन्धित तीनै तहका सरकार,निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी, अनुसन्धानकर्ता, विज्ञ विकास साझेदार, गैरसरकारी क्षेत्रका गरी पाँच सय युवाको सहभागिता रहने जनाइएको छ ।


प्रकाशित मिति: २४ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?