Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

नेपाल ग्रे लिस्टमा पर्नुको नालीबेली छिटै सदनमा प्रश्तुत गर्छुः अर्थमन्त्री पौडेल


काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन सदनमा प्रश्तुत गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल ग्रे लिस्टमा अहिलेको सरकारको कारण नभइ यसअघिको सरकारले गरेका कामहरुको नतिजाले परेको बताएका छन् । उनले कसले के काम गर्दा नेपाल ग्रे लिस्टमा पर्यो भन्नेबारेमा संसदमै सचित्र वर्णन गर्ने बताए । उनले कुनकुन कालखण्डमा कसले कसले के गरेका छन् ? कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन ? कुन कालखण्डमा कसले काम गर्यो र यो ग्रे लिस्टमा पर्यो भन्नेकुराको वर्णन छिटै गर्ने पनि बताएका छन् ।

उनले भने, ‘नेपाल ग्रे लिस्टमा परेको कुरा गर्नुभयो । ग्रे लिस्टको सम्बन्धमा मैले हिजो पनि भनेको छु । नेपालले खासगरी सम्पती शुद्धिकरणको अफवादमा संलग्न हुनेहरुको बिरुद्धमा कस्तो कस्तो अभ्यास, कानूनी प्रवन्ध, नियमावलीको व्यवस्था गरेको छ । कस्तो संरचना निर्माण भएको छ । कुनकुन कालखण्डमा कसले कसले के गरेका छन् । कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन ? कुन कालखण्डमा कसले काम गर्यो र यो ग्रे लिस्टमा पर्यो भन्नेकुराको म सचित्र वर्णन सम्मानित सभा समक्ष गर्न चाहन्छु । यो ग्रे लिस्ट यो सरकार आएपछिको ग्रे लिस्ट होइन । यो सरकार आएपछि मुलुक ग्रे लिस्टमा गएको होइन । यो ग्रे लिस्टको नतिजा त इक्जाम सकिएर रिजल्ट तयार भइसकेको थियो । त्यो परीक्षा भएर नतिजा तयार भएको कुरा फ्रान्समा टाँसिएको हो । हिजो कुन समयमा के काम हुनुपर्ने हो त्यो काम नभएका कारण भएको हो । सम्पती शुद्धिकरण सम्बन्धी अपराधलाई नियन्त्रण गर्ने सिलसिलामा नेपालले आउने दिनमा प्रभावकारी ढंगले काम गर्दछ ।’

दुई वर्षको समय नलिइ छोटो समयमै ग्रे लिस्टबाट बाहिर आउने प्रक्रियामा नेपाल रहेको बताएका छन् ।


प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?