Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

नेपाल ग्रे लिस्टमा पर्नुको नालीबेली छिटै सदनमा प्रश्तुत गर्छुः अर्थमन्त्री पौडेल


काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल ग्रे लिस्टमा पर्नुको सचित्र वर्णन सदनमा प्रश्तुत गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले नेपाल ग्रे लिस्टमा अहिलेको सरकारको कारण नभइ यसअघिको सरकारले गरेका कामहरुको नतिजाले परेको बताएका छन् । उनले कसले के काम गर्दा नेपाल ग्रे लिस्टमा पर्यो भन्नेबारेमा संसदमै सचित्र वर्णन गर्ने बताए । उनले कुनकुन कालखण्डमा कसले कसले के गरेका छन् ? कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन ? कुन कालखण्डमा कसले काम गर्यो र यो ग्रे लिस्टमा पर्यो भन्नेकुराको वर्णन छिटै गर्ने पनि बताएका छन् ।

उनले भने, ‘नेपाल ग्रे लिस्टमा परेको कुरा गर्नुभयो । ग्रे लिस्टको सम्बन्धमा मैले हिजो पनि भनेको छु । नेपालले खासगरी सम्पती शुद्धिकरणको अफवादमा संलग्न हुनेहरुको बिरुद्धमा कस्तो कस्तो अभ्यास, कानूनी प्रवन्ध, नियमावलीको व्यवस्था गरेको छ । कस्तो संरचना निर्माण भएको छ । कुनकुन कालखण्डमा कसले कसले के गरेका छन् । कुन कालखण्डमा के भयो र नेपाल ग्रे लिस्टमा भएन ? कुन कालखण्डमा कसले काम गर्यो र यो ग्रे लिस्टमा पर्यो भन्नेकुराको म सचित्र वर्णन सम्मानित सभा समक्ष गर्न चाहन्छु । यो ग्रे लिस्ट यो सरकार आएपछिको ग्रे लिस्ट होइन । यो सरकार आएपछि मुलुक ग्रे लिस्टमा गएको होइन । यो ग्रे लिस्टको नतिजा त इक्जाम सकिएर रिजल्ट तयार भइसकेको थियो । त्यो परीक्षा भएर नतिजा तयार भएको कुरा फ्रान्समा टाँसिएको हो । हिजो कुन समयमा के काम हुनुपर्ने हो त्यो काम नभएका कारण भएको हो । सम्पती शुद्धिकरण सम्बन्धी अपराधलाई नियन्त्रण गर्ने सिलसिलामा नेपालले आउने दिनमा प्रभावकारी ढंगले काम गर्दछ ।’

दुई वर्षको समय नलिइ छोटो समयमै ग्रे लिस्टबाट बाहिर आउने प्रक्रियामा नेपाल रहेको बताएका छन् ।


प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?