Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

विदेशी लगानीसँगै विदेशी सेना आउँछ भनेर शंका नगरौँः अर्थमन्त्री


काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विदेशी लगानी भित्र्याउँदैमा विदेशी सेना आउँछ भनेर कुनै शंका नगर्न आग्रह गरेका छन्  ।

बुधवार प्रतिनिधि सभामा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले  राष्ट्रिय आवश्यकताका आधारमा विदेशी लगानी भित्र्याएर रोजगारी सिर्जना गराउने बताए । देशको कानूनी व्यवस्थाका आधारमा विदेशी लगानी भित्र्याउने पहल भइरहको उनको भनाइ छ ।

उनले भने, ‘ देशभित्र विदेशी लगानीका लागि अनुकुल वातावरण निर्माण गर्नुपर्छ भन्ने सरकारको मान्या हो । विदेशी लगानी खास गरी हाम्रा राष्ट्रिय हितलाई केन्द्रमा राखेर हाम्रा आवश्यकता र प्राथमिकताका आधारमा विदेशी लगानी भित्र्याउने हो । हाम्रो देशभित्र रोजगारी सिर्जना गर्ने हो । उत्पादन र उत्पदनकत्व अभिवृद्धि गर्ने, नलेज ट्रान्सफर गर्ने र देश आर्थिक रुपमा क्रमशः सबल हुँदै आत्मनिर्भर भइ अगाडि बढ्ने खालको परिस्थिति निर्माण गर्नका लागि विदेशी लगानी आमन्त्रण गर्ने हो । विदेशी लगानी ल्याउँदा सेना आउँछ आदि भन्ने आशंका गरी रहनुपर्ने जरुरत छैन । स्वभाविक रुपले हामीले हाम्रा कानूनी बन्दोबस्तमा रहेर विदेशी लगानीको पहल गर्छौं ।’ 

उपप्रधान तथा अर्थमन्त्री पोडेलले सरकारले ल्याएको विधेयक निजी क्षेत्रका छाता संगठन तथा युवा उद्यमीहरुले स्वागत गरेको पनि बताए  ।


प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?