Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

विदेशी लगानीसँगै विदेशी सेना आउँछ भनेर शंका नगरौँः अर्थमन्त्री


काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विदेशी लगानी भित्र्याउँदैमा विदेशी सेना आउँछ भनेर कुनै शंका नगर्न आग्रह गरेका छन्  ।

बुधवार प्रतिनिधि सभामा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले  राष्ट्रिय आवश्यकताका आधारमा विदेशी लगानी भित्र्याएर रोजगारी सिर्जना गराउने बताए । देशको कानूनी व्यवस्थाका आधारमा विदेशी लगानी भित्र्याउने पहल भइरहको उनको भनाइ छ ।

उनले भने, ‘ देशभित्र विदेशी लगानीका लागि अनुकुल वातावरण निर्माण गर्नुपर्छ भन्ने सरकारको मान्या हो । विदेशी लगानी खास गरी हाम्रा राष्ट्रिय हितलाई केन्द्रमा राखेर हाम्रा आवश्यकता र प्राथमिकताका आधारमा विदेशी लगानी भित्र्याउने हो । हाम्रो देशभित्र रोजगारी सिर्जना गर्ने हो । उत्पादन र उत्पदनकत्व अभिवृद्धि गर्ने, नलेज ट्रान्सफर गर्ने र देश आर्थिक रुपमा क्रमशः सबल हुँदै आत्मनिर्भर भइ अगाडि बढ्ने खालको परिस्थिति निर्माण गर्नका लागि विदेशी लगानी आमन्त्रण गर्ने हो । विदेशी लगानी ल्याउँदा सेना आउँछ आदि भन्ने आशंका गरी रहनुपर्ने जरुरत छैन । स्वभाविक रुपले हामीले हाम्रा कानूनी बन्दोबस्तमा रहेर विदेशी लगानीको पहल गर्छौं ।’ 

उपप्रधान तथा अर्थमन्त्री पोडेलले सरकारले ल्याएको विधेयक निजी क्षेत्रका छाता संगठन तथा युवा उद्यमीहरुले स्वागत गरेको पनि बताए  ।


प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?