Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

‘विदेशी पानीजहाज भाडामा लिएर नेपाली झण्डा राखेर चलाउन पाइँदैन’


काठमाडौँ। मंगलवार राष्ट्रिय सभाअन्तर्गको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै श्रम तथा व्यवसायजन्य विभागका निमित्त महानिर्देशक विपिन राज भण्डारीले विदेशी जहाज भाडामा लिएर नेपालको झण्डा राखेर चलाउन नपाउने बताएका छन्। सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उनले कुनैपनि देशको झन्डा त्यसकेो प्रतिक भएको कारण नेपालमा दर्ता नभएका पानीजहाजमा नेपालको झण्डा राखेर चलाउन नपाइने बताएका छन् ।

उनले भने, ‘विदेशी जहाज नेपालले भाडामा लिएर नेपालको झण्डा राखेर चलाउन पाइँदैन । झण्डा भनेको हाम्रो देशको प्रतिक हो । त्यसैले विदेशमा दर्ता भएको जहाज नेपालमा फेरि दर्ता गर्न पाउदैन । नेपालमा दर्ता भएको जहाजमा मात्र झण्डा राखेर चलाउन पाइन्छ ।’

बैठकमा मंगवार पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय लगायतका निकायहरुसँग छलफल गरिएको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?