Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

समितिमा विचाराधिन विधेयकहरु छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्।

मंगलवारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले विधि निर्माणको प्रक्रिया सुस्त भयो भन्ने जनगुनासो आएको भन्दै समितिमा विचाराधिन रहेका विधेयकलाई छिटो टुंगो लगाइ सभा समक्ष पेश गर्न आग्रह गरेका छन् । सभाले पनि छिटो पारित गर्न आवश्यक काम गर्नुपर्नेमा सरकार रहेको बताउदै उनले चैत्र मसान्तसम्म समितिबाट सभामा पेश गर्नेगरी छल फल अघि बढाउन आग्रह गरे ।

उनले भने, ‘विधि निर्माणको काम स्लो भयो भन्ने जनस्तरबाट आवाज आइरहेको छ । विचाराधिन विधेयकलाई छिटो भन्दा छिटो टुंगोमा पु¥याउने र सभामा पेश गर्ने काम होस् । साथै सभाबाट पनि छिटो पारित होस् भन्ने सरकारको धारणा छ । राष्ट्रिय आवश्यकता महशुस गरिएको विधि निर्माणको कामलाई सरकारले आफ्नो ढंगले अघि बढाइरहेको छ । धितोपत्रसँग सम्बन्धित विधेयक पनि छिटो भन्दा छिटो समितिमा ल्याइयोस् । सकेसम्म चैत्र मसान्तसम्म आवश्यक निर्णय गरेर सभा समक्ष पेश होस् । समिति समक्ष विचाराधिन विधेयकहरु आवश्यकताको दृष्टिकोणले महत्वपूर्ण रहेकाले यथाशक्य चाँडो निस्कर्षमा पुग्न आग्रह गर्दछु ।’

उपप्रधानमन्त्री पौडेलले समिति समक्ष विचाराधिन विधेयकहरु आवश्यकताको दृष्टिकोणले महत्वपूर्ण रहेकाले यथाशक्य चाँडो निस्कर्षमा पुग्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?