Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

सामाजिक सुरक्षा कोषमा अझै बढ्न सकेन आकर्षण, कार्यविधि संशोधनले बढ्ला त ?


काठमाडौँ। सरकारले शुरु गरेको सामाजिक सुरक्षा कोषमा अझै पनि आकर्षण कम देखिएको छ । सामाजिक सुरक्षा कोषकाअनुसार २० हजार १९० प्रतिष्ठानमा काम गर्ने ५ लाख ६५ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा सहभागि भएका छन् ।

२०७८ को जनगणनाअनुसार नेपालको कुल श्रमशक्ति करिब १ करोड ६८ लाख रहेको अनुमान छ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको संख्या २५ लाखदेखि ३५ लाखसम्म हुनसक्ने अनुमान छ । औपचारिक क्षेत्रकै ठूलो जनशक्ति अहिलेसम्म सामाजिक सुरक्षा कोषमा जान सकेको छैन ।

आकर्षण बढ्न नसकिरहेकै बेला सरकारले भने कार्यविधि संशोधन गरेको छ । सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा योजनामा थप आकर्षण बढाउनकै लागि कार्यविधि पाँचै पटक संशोधन गरिएको र यो लागू भइसकेको बताएका छन् ।

उनले भने, ‘कार्यविधि संशोधन गरेर सुविधाहरु थपिएको छ । कोषले यसअघि योगदानकर्ता र दम्पतीसमेतलाई सुविधा दिँदै आएकोमा अब छोराछोरीले समेत पाउने गरि गरिएको छ । ६० महिना योगदान गर्ने योगदानकर्ताको १ लाखले उपचार सम्भव नहुने अवस्थामा १० लाख रूपैयाँसम्मको खर्चमा तोकिएका अस्पतालमा उपचार गर्दा लागेको खर्चको ५० प्रतिशत रकम व्यहोर्ने व्यवस्था थपिएको छ । दुर्घटनामा परेमा योगदानकर्ताको उपचारमात्रै गर्ने यसअघिको व्यवस्थामा अहिले योगदानकर्ताका दम्पती वा सन्ततिको पनि १ लाखसम्म सुविधाको प्रावधान राखिएको छ ।’

संशोधित व्यवस्थाअनुसार पछिल्लो ६ महिनाको योगदानमा कम्तीमा ३ महिना लगातार योगदान गर्ने योगदानकर्ता, उसको पति वा पत्नी र १८ वर्षमुनिका छोराछोरीले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरगत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना सुविधा पाउने भएका छन् । योगदानकर्तालाई अरु दुर्घटनामा ७ लाख नबढ्नेगरी र कामको सिलसिलामा भएको दुर्घटनामा भने लागेको सबै व्यहोर्ने व्यवस्था छ ।

कोषमा योगदान गर्न शुरु गरेका योगदानकर्ताले पहिलो तीन महिनाको लगातार योगदान गरेपछि सुविधा प्रारम्भ हुनेछ भने श्रम सम्बन्ध अन्त्य भई योगदान गर्न छाडेको ३ महिनासम्म लागू रहने जस्ता नयाँ व्यवस्था राखिएको छ । सामाजिक सुरक्षा कोषमा हालसम्म ७५ अर्ब ३६ करोड संकलन भइसकेको छ । यो कार्यक्रम अघिल्लो पटक प्रधानमन्त्री भएका बेला केपी ओलीले शुभारम्भ गरेका थिए ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?