Trending
>>   अष्ट्रेलियाको बेरोजगारी दर ४.३ प्रतिशत पुग्यो >>   पाँच पटकसम्म राजीनामा दिएँ तर नेतृत्वले रोके, अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: नेविसंघ सभापति शेर्पा >>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

‘महिला चलचित्र महोत्सव’ शुरु


काठमाडौँ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्ड अन्तर्गत ‘महिला चलचित्रकर्मी सशक्तिकरण समिति’को आयोजनामा ‘महिला चलचित्र महोत्सव’ शुरु भएको छ ।

‘चलचित्रमा नारी’ स्लोगनसहित मंगलवारदेखि शुरु भएको महोत्सव बिहीवार सम्पन्न हुने बताइएको छ । महिला चलचित्र महोत्सवको पहिलो दिन आज चलचित्र ‘सिन्दुर’ प्रदर्शन गरिएको छ । सन् १९७९ (वि.सं. २०३६) मा रिलिज भएको ‘सिन्दुर’ नेपाली सिनेमाको दोस्रो रङ्गिन चलचित्र हो । काठमाडौंका विभिन्न हलमा संयुक्त रूपमा ५२ हप्ता चल्दै पहिलो सिल्भर जुब्ली चलचित्रको कीर्तिमान कायम गरेको यस चलचित्रमा विश्व बस्नेत, गोपालराज मैनाली, वसुन्धरा भुसाल, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ । साथै कार्यक्रममा सिन्दुर चलचित्रका कलाकारहरुसँग समेत अन्तरक्रिया गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै चलचित्रकी अभिनेत्री वसुन्धारा भुसालले चलचित्र क्षेत्रमा धेरै परिवर्तन भइसकेको बताएकी छिन् । उनले आफूहरुले चलचित्रमा काम गर्दै गर्दा प्राविधिक एवं व्यवहारिक कठाईहरुको सामना गर्नुपरेको भएपनि अहिले त्यस्तो अवस्था नरहेको बताउंदै चलचित्र क्षेत्रमा काम गर्ने महिलामाथि समाजमा विभिन्न टिकाटिप्पाणी हुने भएपनि वास्तविकता त्यस्तो नभएको बताइन् । उनले पहिले आलोचना गर्ने दर्शकहरु समेत अहिले आएर सम्मान गर्न थालेको अनुभव सुनाइन् ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चलचित्रसम्बन्धी नीतिहरुमा अझ धेरै कामहरु गनुपर्ने देखिएको बताएकी छिन् । काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रमध्ये चलचित्र विधा छानेर काम गरिरहेको बताउदै नेपालमा रहेका सम्पदाहरुको राष्ट्रियकरण एवं अन्तर्राष्ट्रियकरण गर्नको लागि चलचित्र बलियो औजार भएको बताएकी छिन् ।
उनले भनिन, ‘फिल्मका केही पोलिसीहरुमा काम गर्दै जानुपर्ने पनि देखिन्छ । काठमाडौं महनागरपालिकाले चलचित्रको क्षेत्र नै छानेर काम गरिरहेका छौं । हामीसँग भएका सम्पदाहरुको राष्ट्रियकरण एवं अन्तरराष्ट्रियकरण गर्ने हो भने त्यसको बलियो औजार भनेको फिल्म नै हो ।’

कार्यक्रमको दोस्रो दिन बुधवार महलिा चलचित्रकर्मीद्धारा निर्माण गरिएका चलचित्रहरु प्रदर्शन गरिनेछन् भने बिहीवार महिला चलचित्रकर्मीहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: २० फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?