Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

आहा,लूतो कन्याउनुकाे मज्जा !


भीम उपाध्याय /दुनियॉमा सबैभन्दा मजा आउने छालाको लूतो कन्याउदा हो। कन्याउदै मजा लिदै, कन्याउदै मजा लिदै गरेपछि जब छाला खुईलिन्छ अनि खुब टट्याउन थाल्छ, त्यसपछि मजा लिएको स्वाद थाहा पाउछ।अर्को यो भन्दा पनि मजा आउने लूतो पनि छ जसलाई मानसिक लूतो भनिन्छ। मानसिक लूतो अरूको आस्था, संस्कृति, धर्म, संस्कार, परम्पराको बद्ख्वाई गर्दै बोलेर लेखेर कन्याउदै खुब मजा लिने हो। मजा लिदालिदा जब मानसिक लूतोका छाला खुईलिन्छ त्यसपछि जीवनपर्यन्त टट्याएको टट्याई गर्न थाल्छ।

त्यसकै पिरले गहिरो डिप्रेशनमा परेर न मर्नु न बॉच्नु हुदै जिन्दगी बिताउछ। अनि यसको ओखति पनि कतै हुदैन, आफ्नो कुकर्मको नतिजा भोग्नुबाहेक। यो मानसिक लुतो खासगरि बामपन्थी विचारवाला भाईरसको संक्रमणमा परेर लाग्छ। यस्तो मानसिक लूतोको भाइरस पसेपछि कमजोर मनस्थितिका कारण पराया धर्मको म्युटेटेड भेरियन्ट भाईरस पनि सजिलै संक्रमित हुन पुग्छ। भएको मानसिक लूतो झन् झन क्रोनिक बन्दै नयॉ मानसिक लूतोको भाइरसहरू थपिदै समाजबाट तिरस्कृत हुदै मन र मस्तिष्क चहऱ्याउदै, टट्टाउदै उसले ईहसिला समाप्त गर्न बाध्य हुन्छन्।

म नाम लिन चाहन्न मानसिक लूतोको पिरले घरबार बर्बाद भएको, बूढेशकाल कष्टमय भएको, समाजबाट तिरस्कृत भएको, एक्लोपनले पिरोलेको, बेकारमा किन जन्मन परेछ भनेर पश्चाताप गरिरहेका मै हुँ भन्ने धेरै नेताहरू र विद्वानहरू मैले समाजमा देखेको छु। त्यस्ता मानसिक लूतोको भाइरसबाट संक्रमितहरूको भविष्य अझ पिडादायक हुने पनि निश्चित छ। यसमा मैले गर्न सक्ने केही छैन । छालाको लूतो त खास केही हैन, मलम लगाएर ठिक पार्न सकिएला तर असाध्य मानसिक लूतोबाट सधैँ जोगिनुस्– बस यति मात्र सल्लाह दिन्छु। बॉकी आप की मर्जी ।


प्रकाशित मिति: १६ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?