Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

आहा,लूतो कन्याउनुकाे मज्जा !


भीम उपाध्याय /दुनियॉमा सबैभन्दा मजा आउने छालाको लूतो कन्याउदा हो। कन्याउदै मजा लिदै, कन्याउदै मजा लिदै गरेपछि जब छाला खुईलिन्छ अनि खुब टट्याउन थाल्छ, त्यसपछि मजा लिएको स्वाद थाहा पाउछ।अर्को यो भन्दा पनि मजा आउने लूतो पनि छ जसलाई मानसिक लूतो भनिन्छ। मानसिक लूतो अरूको आस्था, संस्कृति, धर्म, संस्कार, परम्पराको बद्ख्वाई गर्दै बोलेर लेखेर कन्याउदै खुब मजा लिने हो। मजा लिदालिदा जब मानसिक लूतोका छाला खुईलिन्छ त्यसपछि जीवनपर्यन्त टट्याएको टट्याई गर्न थाल्छ।

त्यसकै पिरले गहिरो डिप्रेशनमा परेर न मर्नु न बॉच्नु हुदै जिन्दगी बिताउछ। अनि यसको ओखति पनि कतै हुदैन, आफ्नो कुकर्मको नतिजा भोग्नुबाहेक। यो मानसिक लुतो खासगरि बामपन्थी विचारवाला भाईरसको संक्रमणमा परेर लाग्छ। यस्तो मानसिक लूतोको भाइरस पसेपछि कमजोर मनस्थितिका कारण पराया धर्मको म्युटेटेड भेरियन्ट भाईरस पनि सजिलै संक्रमित हुन पुग्छ। भएको मानसिक लूतो झन् झन क्रोनिक बन्दै नयॉ मानसिक लूतोको भाइरसहरू थपिदै समाजबाट तिरस्कृत हुदै मन र मस्तिष्क चहऱ्याउदै, टट्टाउदै उसले ईहसिला समाप्त गर्न बाध्य हुन्छन्।

म नाम लिन चाहन्न मानसिक लूतोको पिरले घरबार बर्बाद भएको, बूढेशकाल कष्टमय भएको, समाजबाट तिरस्कृत भएको, एक्लोपनले पिरोलेको, बेकारमा किन जन्मन परेछ भनेर पश्चाताप गरिरहेका मै हुँ भन्ने धेरै नेताहरू र विद्वानहरू मैले समाजमा देखेको छु। त्यस्ता मानसिक लूतोको भाइरसबाट संक्रमितहरूको भविष्य अझ पिडादायक हुने पनि निश्चित छ। यसमा मैले गर्न सक्ने केही छैन । छालाको लूतो त खास केही हैन, मलम लगाएर ठिक पार्न सकिएला तर असाध्य मानसिक लूतोबाट सधैँ जोगिनुस्– बस यति मात्र सल्लाह दिन्छु। बॉकी आप की मर्जी ।


प्रकाशित मिति: १६ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?