Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छुः खानेपानीमन्त्री यादव


काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामुलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गरेका छन।

बिहीवार काठमाडौं नेपाल खानेपानी संस्थानको ३६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने र नाफामा ल्याएरै छोड्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री यादवले जायज कामहरुका लागि कोमाबाट निकाल्नका लागि मन्त्रालय अघि बढ्नैपर्ने बताउंदै पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरु आम नागरिकले गर्ने गरेको भएपनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिए । मन्त्री यादवले कल सेन्टरको स्थापना गरेर भएपनि जनताका समस्या समयमै समाधान गर्न निर्देशन दिंदै सरकारले बनाएका पानी ट्याङ्कीमा नेपाल सरकार खानेपानी मन्त्रालय नलेखिएको भन्दै अबदेखि सबै खानेपानी ट्याङ्कीमा नेपाल सरकार, खानेपानी मन्त्रालय लेख्न निर्देशन दिएका छन् ।

मन्त्री यादवले भने, ‘खानेपानी संस्थान कसरी अघि बढ्छ भन्ने चिन्ता छ । घाटामा रहेको संस्थान नाफामा कसरी आउँछ ? धेरै जसो शाखाहरु घाटामा नै छ । यो सेवाको भावनाले चलेको संस्थान भएको हुनाले र खानेपानी यस्तो महत्वपूर्ण कुरा हो । घाटामा रहेर पनि सञ्चालनमा राख्नुपर्छ । यसलाई मुनाफामा कसरी ल्याउने त्यसमा विचार गर्नुपर्छ । नागरिकबाट मासिक सेवा सुविधा त लिइराख्नुभएको छ । तर कसरी संस्था नोक्शानमा गयो । कसको कारणले गयो ? त्यसकारणले गर्दा संस्थप्रति इमान्दार भइदिन आग्रह गर्दछु । संस्था रहे मात्रै तपाईं हाम्रो भविष्य छ । धेरै ठाउँमा पाइप फुटेको, फोहोर पानी गएको गुनासो आइरहेको छ । कसरी निगराने, जनताको गुनासो कसरी सुन्ने, कल सेन्टर राखेर अघि बढ्नुपर्छ तर त्यो देखिरहेको छैन । जानकारी गराउँदा पनि एक महिनासम्म कर्मचारी पुग्दैनन् । यसमा ध्यान जाओस् । नेपाल खानेपानी संस्थान ३६ औं वार्षिकोत्सव मनाउँदाको मितिमा संस्था कोमामा छ । कोमाबाट कसरी निकाल्ने, यसमा हामी सबैको ध्यान जान जरुरी छ । १० महिनादेखि निमित्त जिएममा चलेको थियो, आज पूर्णता दिइसकेका छौँ ।’

उनले खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।


प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?