Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

महानगरमा प्रमुख प्रशासकीय अधिकृत छिट्टै पठाउँछु : मन्त्री गुप्ता


काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत खालि भएको ठाउँमा एक हप्ताभित्रै पठाउने बताएका छन् ।

सोमवार संसद भवन परिसरमा सञ्चरकर्मीहरुसँग कुरा गर्दै उनले सहसचिवहरु लोकसेवा आयोगबाट बढुवा भएर आएको र अहिले तालिमका क्रममा रहेकाले एक हप्ताभित्र प्रमुख खालि रहेका ठाउँमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका छन् ।

उनले भने, ‘अब अहिले सहसचिवहरु लोकसेवा आयोगबाट बढुवा भएर आउनुभएको छ । उहाँहरुको तीन दिनको ट्रेनिङ बाँकी छ । अब पाँच, ६ दिनभित्र काठमाडौं महानगर लगायत प्रमुख प्रशासकबिहीन भएका महानगर, उपमहानगरहरुमा पठाउँछौँ । महानगर मेरो पनि हो । संघीय मामिला मन्त्रालयको त्यो एउटा कार्यालय हो । मेयर सायव को हुनुहुन्छ, त्यो पछिको कुरा हो । काठमाडौं महानगर मेरो कार्यालय हो । त्यहाँ प्रमुख अधिकारी पठाउने काम मेरो हो ।’

उनले काठमाडौं महानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत खालि रहेको र अब केही दिनमै पठाउने प्रतिवद्धता जनाए ।


प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?