Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

कुलमान घिसिङ देशका लागि काम गर्ने व्यक्ति हुन् हटाउनु हुँदैनः उर्जाराज्यमन्त्री तामाङ


काठमाडौँ। उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन नहुने बताएका छन् ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले घिसिङले विद्युत प्राधिकरण जस्तो घाटाको कम्पनीलाई नाफामा लगेको उल्लेख गर्दै हटाउन नहुने आफ्नो प्रश्ताव रहेको बताए । कार्यकारी निर्देशक घिसिङ आगामी साउन २७ गते प्राधिकरणबाट बिदा हुने बताए । देशको आम्दानी बढाउने व्यक्तिलाई हटाउन नहुने उनको भनाइ छ । कर्मचारीलाई चित्त नबुझेका कुराहरुमा स्पष्टीकरण सोध्न मिल्ने बताउदै उनले घिसिङ देशका लागि काम गर्ने व्यक्ति भएको भन्दै नागरिकले चाहेको खण्डमा फेरि ४ वर्ष काम गर्न दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?