Trending
>>   आगामी आर्थिक वर्षको बजेट यथार्थपरक, कार्यान्वयनयोग्य र विश्वसनीयः अर्थमन्त्री पौडेल >>   धुम्रपान र मद्यपानको विज्ञापनमा कडाई आवश्यकः अध्यक्ष दाहाल >>   संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः अध्यक्ष केसी >>   बजेटमा प्रश्तावित राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छः अर्थमन्त्री पौडेल >>   संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार >>   सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन >>   आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः अध्यक्ष केसी >>   सुनचाँदी, हिरा तथा बहुमूल्य पत्थरको कारोबारसम्बन्धी स्पष्ट नीति, निर्देशिका अविलम्व जारी गर्न माग >>   जनसरोकारका विषयमा छलफलको वातावरण बनाउन सांसद बस्नेतको आग्रह >>   बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद ज्वाला
Logo
२ असार २०८२, सोमबार
२ असार २०८२, सोमबार

हजार र पाँच सयकाे नोट प्रतिबन्ध हुँदैछ?


काठमाडौँ।  संसदमा हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ ।आइतबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले यस्तो माग राखेका हुन् ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामलामा निगरानी राख्ने अन्तरदेशीय अन्तर्राष्ट्रिय संस्था एफएटीएफले नेपाललाई आधिकारिक रूपमा ग्रे लिस्टमा राखेको छ ।ट्रान्सफरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचकांकमा समेत नेपाल एक श्रेणी अगाडि परेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कदम चाल्नुपर्ने बताए ।

यो विषयमा संसद्‍मा गम्भीर छलफल हुनुपर्ने माग उनले राखे ।सुधारका लागि उनले हजार र पाँच सयका नोटमा समेत प्रतिबन्ध लगाउनुपर्ने माग राखेका हुन् ।


प्रकाशित मिति: १२ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?