Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

एमसिसीमा अर्थमन्त्रीको हैसियतमा मैले हस्ताक्षर गरेको हुँः ज्ञानेन्द्रबहादुर कार्की


काठमाडौँ।नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार बनेको बेलामा हस्ताक्षर गरिएको बताएका छन् ।

अर्थ समितिको आईतवारको बैठकमा उनले केही दिनअघि एक जना सांसदले कसको पालामा हस्ताक्षर भएको हो भन्दै प्रश्न गरेको भन्दै आफू अर्थमन्त्री रहेको समयमा माओवादी र काँग्रेसको संयुक्त सरकारको तर्फबाट आफूले हस्ताक्षर गरेको बताएका छन् । समितिको अघिल्लो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कसको पालामा हस्ताक्षर भएको भन्दै प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै उनले एमसिसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल सबैले एमसिसी परियोजना अघि बढाएको बताए । सरकारको नेतृत्व गर्नेहरु सबैले एमसिसी परियोजना अघि बढाएको भन्दै संसदबाट एमसिसी अनुमोदन भएको बताउदै यसबारेमा छुट्टै समीक्षा गर्न सकिने उनको भनाइ छ । अमेरिकाले अन्तर्राष्ट्रिय जगतमा दिने अनुदानहरुको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्नुभएको कुरामा गम्भीर भएर छलफल गर्नुपर्ने बताए ।

उनले भने, ‘एक जना मान्यज्युले यहाँ बोल्नुभयो । एकदम भाइरल बनेर आएको छ । एमसिसीको बारेमा बोल्नुभयो । एमसिसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल जसले जसले सरकारको नेतृत्व गर्नुभयो, सबैले एमसिसी अघि बढाउनुभएको थियो । एमसिसीको कसले सही गरेको भन्नुभयो । मैले सही गरेको हो । तर संयोगले सही गर्दा माओवादी र हाम्रो संयुक्त सरकार थियो । अनि त्यसलाई अनुमोदन संसदले गरेको हो । यि सबै विषयलाई कसरी प्रश्तुत गर्ने, समीक्षा गर्ने त्यसको पनि समीक्षा गरौँला । अमेरिकाको राष्ट्रपतिले के सन्दर्भमा भनेका छन्, त्यो सन्दर्भका निमित्त पनि हामीले गम्भीर भएरै छलफल गर्नुपर्छ । अन्तर्राष्ट्रिय जगतमा दिने एडको सन्दर्भमा अमेरिकन सरकारले जे किसिमको नीति बनाउँछ, सिनटेले त्यसबाट पारित भएका कुराहरुअनुसार नै अघि बढ्ला ।’

उनले भन्सारसम्बन्धी कानूनमा भइरहेको छलफललाई नै निरन्तरता दिने हो भने कार्यकालभर छलफलमा मात्रै सिमित हुने स्थिति बनेको बताएका छन् ।


प्रकाशित मिति: ११ फाल्गुन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?