Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

माधव नेपाल भन्छन-‘हाम्रो पार्टी सानो भएर नहेप्नुस, ठूलो बनाएर मुखभरिको जवाफ दिन्छौं !’


काठमाडौँ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सानो भयो भनेर हेप्ने काम भएको गुनासो गरेका छन् । आजबाट सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले ठूला दलले आफ्नो पार्टीलाई हेप्ने काम भएको गुनासो गरेका हुन् । उनले सानो पार्टी भयो भन्दै हेप्नेलाई आगामी चुनावमा ठूलो दल बनेर मुखभरीको जवाफ दिनुपर्ने बताएका छन् । ‘हाम्रो पार्टी सानो छ भन्ने निराशावादी सोचबाट मुक्त भएर, अनि यो पार्टी चल्छ भन्ने खालका निराशावादी कुरा गर्नेहरूलाई मुखभरिको जबाफ दिएर काम, गतिविधि र व्यवहारबाट चलेर देखाउँछौं, विगतमा पनि चलेर देखाएका थियौं, क्रान्ति र आन्दोलन गर्न सक्दैनन् भनेर पार्टीभित्रै पनि निराशावादी कुरा गर्नेहरू थिए, तिनीहरूलाई चोटिलो प्रहार गरेर नयाँ युगको सुरूवात गरेका थियौं, त्यसैले हामी सक्छौं,’ अध्यक्ष नेपालले भने।

अध्यक्ष नेपालले वर्तमान सरकारले विकास र सुशासन दिन नसकेको र सना दललाई फुटाउने र नामेट गर्ने प्रयास भएको बताएका छन् । उनले भने, ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ । दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोच भन्दा भिन्न छैन । स-साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रण गरेर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ ।’

वर्तमान सरकारलाई देशको समस्याप्रति कुनै वास्ता नरहेको, जनताको समस्याप्रति कुनै चासो नरहेको र देश विकासप्रति कुनै गम्भीरता नरहेको उनको दाबी छ । देशभित्र भेदभाव, छुवाछुतको घटना बढिरहेको, बलात्कारको घटना बढिरहेको भन्दै अध्यक्ष नेपालले सरकारले यस्ता प्रकृतिको अपराध नियन्त्रण गर्न नसकेको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीको बारेमा कुप्रचार गरिएको भन्दै आपत्ति जनाए । एकीकृत समाजवादी एमालेमा मिल्दैछ, माओवादीतिर जाँदैछ भन्ने कुप्रचार गरिएको भन्दै अध्यक्ष नेपालले भ्रममा नपर्न आग्रह गरे ।‘हाम्रो पार्टीको बारेमा अनेकथरीका कुराहरु प्रचारमा आउने गरेको छ । कसैले एमालेसँग मिल्नेभयो भनेका छन्, कसैले माओवादीसँग मिल्न जाने भयो भनेर अनेक किसिमका कुप्रचारहरु भइरहेका छन् । यस्ता कुनै पनि कुप्रचारको भ्रममा पर्नुपर्ने आवश्यकता छैन । हामी आफ्नो पार्टीलाई बलियो र प्रभावकारी बनाउन चाहन्छौं,’– उनले भने ।


प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?