Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु पूर्वाधार विकास समितिद्वारा पारित


काठमाडौँ। जलविद्युत विधेयकको दफा १७ बाहेकका सबै दफाहरु प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले सर्वसम्मत पारित गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको समिति बैठकले विधेयकको दफा १७ बाहेक सबै दफाहरु पारित गरेको समिति सभापति दीपकबहादुर सिंहले बताए । उनले विधेयकमा भएको भाषिक त्रुटीटलाई अन्तिममा मिलाउने सहमति भएको र विधेयकको दफा १७ मा तल्लो तटीय र माथिल्लो तटीय क्षेत्रकोबारे अझै छलफल गर्नुपर्ने भएको कारण अर्को बैठकले टुंगो लगाउने बताएका छन् । उनले उक्त दफासहित विधेयकमाथि गहन छलफल गरेर लामो समयसम्म कानून संशोधन गर्नु नपर्ने गरी प्रतिवेदन बुझाउने बताए ।

समिति सभापति सिंहले भने, ‘आज जलविद्युत विधेयकमा दफा १७ को बाँकी रह्यो । बाँकी सम्पुर्ण दफाहरु हामीले पास गरेका छौं । दफामा नमिलेको भाषिक शुद्धता अन्तिममा मिलाउने गरि सहमति भएको छ । दफा १७ मा तल्लो तटीय क्षेत्र र माथिल्लो तटीय क्षेत्रको बारेमा ज्यादै छलफल गर्नुपर्ने भएकोले यो विधेयक अर्को बैठकमा राखिकन गहन छलफल गरिकन जलस्रोत विधेयकलाई यो समितिले राष्ट्रहित, जनहित बनाई ६० लाख नेपाली जनताको जुन शेयर छ त्यसलाई पनि संरक्षण गरिकन विधेयकलाई लामो समयसम्म संशोधन गर्नु नपर्नेगरी सदनमा पेस गर्छौ ।’

उनले विद्युत क्षेत्रमा रहेको ६० लाख नागरिकको शेयर संरक्षण गर्ने गरि विधेयक आउने दाबी गरेका छन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?