Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन खुला: के काम र कस्ले दिन सक्छन आवेदन?


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारी चाहने बेरोजगार नागरिकहरूलाई फागुन मसान्तसम्म आवेदन दिन आह्वान गरेको छ।कार्यक्रमअनुसार इच्छुक बेरोजगार व्यक्तिहरूले आफ्नो सम्बन्धित वडा कार्यालयमा पुगेर निवेदन दिन सक्ने भएका छन्। १८ देखि ५९ वर्ष उमेर समूहका नेपाली नागरिकहरूले सामुदायिक विकास निर्माणका काममा संलग्न हुन आवेदन दिन सक्नेछन्।

निवेदनका लागि नागरिकताको प्रतिलिपि, तस्वीर, कुनै सिपमूलक तालिम लिएको भए प्रमाणपत्र, साथै एकल महिला वा अपांगताको प्रमाण खुल्ने कागजात अनिवार्य गरिएको छ।प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले स्थानीय तहमार्फत कार्यान्वयन गर्दै आएको छ। चालु आर्थिक वर्षका लागि सरकारले २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ, जसको वित्तीय स्रोत नेपाल सरकारले नै व्यवस्था गर्नेछ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?