Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन खुला: के काम र कस्ले दिन सक्छन आवेदन?


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारी चाहने बेरोजगार नागरिकहरूलाई फागुन मसान्तसम्म आवेदन दिन आह्वान गरेको छ।कार्यक्रमअनुसार इच्छुक बेरोजगार व्यक्तिहरूले आफ्नो सम्बन्धित वडा कार्यालयमा पुगेर निवेदन दिन सक्ने भएका छन्। १८ देखि ५९ वर्ष उमेर समूहका नेपाली नागरिकहरूले सामुदायिक विकास निर्माणका काममा संलग्न हुन आवेदन दिन सक्नेछन्।

निवेदनका लागि नागरिकताको प्रतिलिपि, तस्वीर, कुनै सिपमूलक तालिम लिएको भए प्रमाणपत्र, साथै एकल महिला वा अपांगताको प्रमाण खुल्ने कागजात अनिवार्य गरिएको छ।प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले स्थानीय तहमार्फत कार्यान्वयन गर्दै आएको छ। चालु आर्थिक वर्षका लागि सरकारले २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ, जसको वित्तीय स्रोत नेपाल सरकारले नै व्यवस्था गर्नेछ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?