Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

स्पेन र इजिप्टद्वारा गाजा विस्थापन अस्वीकार


एजेन्सी। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेज र इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाको नियन्त्रण लिने र पुनर्विकासका लागि त्यहाँका बासिन्दाहरूलाई अन्यत्र स्थानान्तरण गर्ने प्रश्तावलाई अस्वीकार गरेका छन् ।

सान्चेज र सिसीले इजिप्टका राष्ट्रपतिको स्पेनको दोस्रो आधिकारिक भ्रमणको क्रममा आफ्ना बयान दिएका हुन्। गाजा र द्विपक्षीय व्यापारमा केन्द्रित थियो । गाजा प्यालेस्टिनीहरूको भएको र भविष्यको प्यालेस्टिनी राज्यको एक हिस्सा भएको उनको भनाइ थियो । यसको निष्कासन अनैतिक र अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्र संघको प्रस्तावहरूको उल्लङ्घन मात्र नहुने भन्दै यसले क्षेत्रीय र विश्वव्यापी दुवै स्तरमा अस्थिर प्रभाव पार्ने बताए ।

सान्चेजले दुई–राज्य समाधानप्रति स्पेनको प्रतिवद्धतालाई पुनः पुष्टि गर्दै गाजाको पुनर्निर्माणको लागि अर्को महिनाको सुरुमा कायरोमा छलफल हुने अरब लिग प्रश्तावको लागि समर्थन व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?