Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

प्रहरी विधेयकले मुलुकमा विधिको शासन कायम गर्न थप सहयोग गर्नेछः गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण गरि मुलुकमा शान्ती सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्न नेपाल प्रहरीसम्बन्धी ऐन र कानूनलाई एकीकरण एवं संशोधन गरिएको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठक नेपाल प्रहरी विधेयकमाथिको छलफलमा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले नेपाल प्रहरी विधेयक प्रहरीको ‘सर्भिस ल’ भएको दाबी गर्नुभयो । उहाँले विधेयकले कानूनी रुप लिएपछि नेपाल प्रहरीलाई व्यवसायिक र प्रभावकारी बनाउँदै मुलुकमा विधिको शासन कायम गर्ने थप सहयोग प्रदान गर्ने विश्वास लिनुभयो ।

उहाँले भन्नुभयो, ‘यस विधेयकले अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ती तथा सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्नको लागि नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरिएको हो । यो नेपाल प्रहरीको सर्भिस ल हो । यसले नेपाल प्रहरीलाई थप व्यवसायिक, थप प्रभावकारी, थप सक्षम र मुलुकमा विधिको शासन कायम गर्ने कुरामा थप सबल बनाउँछ भन्ने म आग्रह गर्न चाहान्छु । प्रश्तुत विधेयकमा नेपाल प्रहरी सेवाको गठन संचालनमा नेपालमा एक प्रहरी संगठन रहने, नेपाल प्रहरी संगठनको संचालनका विषयमा मैले निवेदन गरिसके यसका सँगसँगै प्रदेशमा पनि प्रहरी रहने व्यवस्था हामीले यस विधेयकमा गरेका छौं । प्रहरी संगठन समावेशी र राष्ट्रिय स्वरुपको हुने कुरा हामीले गरेका छौं ।’ विधेयकमा प्रहरी संगठनलाई समावेशी र राष्ट्रिय स्वरुपको बनाउने प्रयास गरिएको उहाँको भनाइ छ ।


प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?