Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

प्रहरी विधेयकले मुलुकमा विधिको शासन कायम गर्न थप सहयोग गर्नेछः गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण गरि मुलुकमा शान्ती सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्न नेपाल प्रहरीसम्बन्धी ऐन र कानूनलाई एकीकरण एवं संशोधन गरिएको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठक नेपाल प्रहरी विधेयकमाथिको छलफलमा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले नेपाल प्रहरी विधेयक प्रहरीको ‘सर्भिस ल’ भएको दाबी गर्नुभयो । उहाँले विधेयकले कानूनी रुप लिएपछि नेपाल प्रहरीलाई व्यवसायिक र प्रभावकारी बनाउँदै मुलुकमा विधिको शासन कायम गर्ने थप सहयोग प्रदान गर्ने विश्वास लिनुभयो ।

उहाँले भन्नुभयो, ‘यस विधेयकले अपराध रोकथाम तथा नियन्त्रण गरी शान्ती तथा सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्नको लागि नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गरिएको हो । यो नेपाल प्रहरीको सर्भिस ल हो । यसले नेपाल प्रहरीलाई थप व्यवसायिक, थप प्रभावकारी, थप सक्षम र मुलुकमा विधिको शासन कायम गर्ने कुरामा थप सबल बनाउँछ भन्ने म आग्रह गर्न चाहान्छु । प्रश्तुत विधेयकमा नेपाल प्रहरी सेवाको गठन संचालनमा नेपालमा एक प्रहरी संगठन रहने, नेपाल प्रहरी संगठनको संचालनका विषयमा मैले निवेदन गरिसके यसका सँगसँगै प्रदेशमा पनि प्रहरी रहने व्यवस्था हामीले यस विधेयकमा गरेका छौं । प्रहरी संगठन समावेशी र राष्ट्रिय स्वरुपको हुने कुरा हामीले गरेका छौं ।’ विधेयकमा प्रहरी संगठनलाई समावेशी र राष्ट्रिय स्वरुपको बनाउने प्रयास गरिएको उहाँको भनाइ छ ।


प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?