Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

सवारी लाइसेन्स दिने अधिकार प्रदेशलाई मात्रै !


काठमाडौं । सोमवार काठमाडौंमा भएको एक कार्यक्रममा वागमती प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले यस्तो बताउनुभएको हो । उहाँले सातै प्रदेश सरकारको यातायात कार्यालयबाट लाइसन्स दिने काम शुरु भएकाले अब यातायात विभागले लाइसन्स नदिने बताउनु भयो । उहाँले वागमती प्रदेशले छुट्टै सफ्टवेयर निर्माण गरी लाइसन्स प्रिन्ट गरेर वितरण गर्ने तयारी गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लाइसन्स दिने जुन यातायात विभागले गर्ने गरेको थियो अब प्रदेशले नै दिने गरीकन चाहीँ त्यो अधिकार हामीले प्रत्यायोजना गरेर लिएका छौँ । र यो पनि एउटा खुशीको कुरा हो अब विभागले लाइसन्स दिँदैन तपाईँलाई, अब दिने भनेको सातैवटा प्रदेशले दिनेगरी अधिकार प्रत्यायोजन गरेको छ ।त्यसमा अब बागमती प्रदेशले पनि लाइसन्स प्रिन्ट गर्ने हिसावले अगाडि बढिरहेका छौँ । र त्यसका लागि छट्टै सफ्टवेयर विकास गरेका छौँ ।’

मन्त्री महर्जनले वागमती प्रदेशले एक हजार जनालाई रोजागारी सिर्जना गर्नेगरी काम अघि बढाएको बताउनु भयो । उहाँले श्रम तथा रोजगार मन्त्रालय जमानी बसेर बैंकमार्फत युवाहरुलाई ५ लाख रुपैयाँ दिने व्यवस्था गर्न लागिएको पनि बताउनु भयो ।उहाँले भन्नुभयो, ‘वागमती प्रदेशमा एक हजार जनालई रोजगारी सिर्जना गर्नेगरी काम अघि बढाइरहेका छौँ । जसलाई कर्जा सुरक्षण कोष र उहाँको पार्टनरसिपमा र त्यसपछि हामी श्रम तथा रोजगार मन्त्रालयमा जमानी बस्ने हिसावबाट त्यो कार्यक्रम ल्याउन खोजीरहेका छौँ । त्यो कार्यक्रमको मोडालिटी के हो भन्दाखेरि ५ लाख रुपैयाँ बैंकको तर्फबाट हामी जमानी बसेर युवाहरुलाई दिन्छौँ ।’

मन्त्री महर्जनले युवाहरुले रोजगार तालिम लिइसकेपछि थोरैमा मासिक ३० हजारदेखि कामको योग्यताअनुसार पैसा कमाउने बताउनु भयो । तत्कालका लागि ५ सय युवा यस्तो रोजगारको अवसरमा भाग लिनसक्ने उहाँको भनाइ छ ।


प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?