Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सवारी लाइसेन्स दिने अधिकार प्रदेशलाई मात्रै !


काठमाडौं । सोमवार काठमाडौंमा भएको एक कार्यक्रममा वागमती प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले यस्तो बताउनुभएको हो । उहाँले सातै प्रदेश सरकारको यातायात कार्यालयबाट लाइसन्स दिने काम शुरु भएकाले अब यातायात विभागले लाइसन्स नदिने बताउनु भयो । उहाँले वागमती प्रदेशले छुट्टै सफ्टवेयर निर्माण गरी लाइसन्स प्रिन्ट गरेर वितरण गर्ने तयारी गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लाइसन्स दिने जुन यातायात विभागले गर्ने गरेको थियो अब प्रदेशले नै दिने गरीकन चाहीँ त्यो अधिकार हामीले प्रत्यायोजना गरेर लिएका छौँ । र यो पनि एउटा खुशीको कुरा हो अब विभागले लाइसन्स दिँदैन तपाईँलाई, अब दिने भनेको सातैवटा प्रदेशले दिनेगरी अधिकार प्रत्यायोजन गरेको छ ।त्यसमा अब बागमती प्रदेशले पनि लाइसन्स प्रिन्ट गर्ने हिसावले अगाडि बढिरहेका छौँ । र त्यसका लागि छट्टै सफ्टवेयर विकास गरेका छौँ ।’

मन्त्री महर्जनले वागमती प्रदेशले एक हजार जनालाई रोजागारी सिर्जना गर्नेगरी काम अघि बढाएको बताउनु भयो । उहाँले श्रम तथा रोजगार मन्त्रालय जमानी बसेर बैंकमार्फत युवाहरुलाई ५ लाख रुपैयाँ दिने व्यवस्था गर्न लागिएको पनि बताउनु भयो ।उहाँले भन्नुभयो, ‘वागमती प्रदेशमा एक हजार जनालई रोजगारी सिर्जना गर्नेगरी काम अघि बढाइरहेका छौँ । जसलाई कर्जा सुरक्षण कोष र उहाँको पार्टनरसिपमा र त्यसपछि हामी श्रम तथा रोजगार मन्त्रालयमा जमानी बस्ने हिसावबाट त्यो कार्यक्रम ल्याउन खोजीरहेका छौँ । त्यो कार्यक्रमको मोडालिटी के हो भन्दाखेरि ५ लाख रुपैयाँ बैंकको तर्फबाट हामी जमानी बसेर युवाहरुलाई दिन्छौँ ।’

मन्त्री महर्जनले युवाहरुले रोजगार तालिम लिइसकेपछि थोरैमा मासिक ३० हजारदेखि कामको योग्यताअनुसार पैसा कमाउने बताउनु भयो । तत्कालका लागि ५ सय युवा यस्तो रोजगारको अवसरमा भाग लिनसक्ने उहाँको भनाइ छ ।


प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?