Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

पार्टीको अधिवेशनको समय थपिन्छ, नेतृत्वका लागि म अरु भन्दा कम योग्य छैनः प्रवक्ता महत


काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् ।

शनिवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको दाबि गरेका छन् । उनले पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्नेकुरा विधानमा रहेको उल्लेख गरे ।

प्रवक्ता एवं सांसद महतले तर कति थपिन्छ वा थपिँदैन भन्नेकुरा केन्द्रिय समितिको बैठकले गर्ने निर्णय गर्ने बताउदै नेतृत्वको दौडका लागि आजकै मितिदेखि दौड लगाउनुपर्ने पक्षमा आफू नरहेको बताए । अहिले पार्टीलाई निर्माण गर्न, एकअर्कालाई स्वीकार गर्नेकुरामा दौड लगाउनु उचित हुने बताउदै पार्टी नेतृत्वका लागि अरु भन्दा कमजोर आफू नरहेको पनि स्पष्ट पारेका छन् ।

उनले भने, ‘नेतृत्वको दौडमा आजकै मितिदेखि दौड लगाउनुपर्छ भन्ने म त्यसको पक्षपाती छैन । अहिले पार्टी निर्माणमा दौड लगाउनु पर्छ । पार्टी युनिफाइ गर्न दौड लगाउनुपर्छ । पार्टीभित्र सद्भाव वृद्धि गर्न दौड लगाउनुपर्छ । एक अर्कालाई स्वीकार गर्ने प्रवृत्ति विकास गर्न दौड लगाउनुपर्छ । अहिले पनि एक वर्ष त झन्डै ४ वर्षको अवधि पूरा हुन बाँकी नै छ । एक वर्ष थप्ने प्रचलन नै भएको छ । त्यो भन्दा अघि त हाम्रो अधिवेशन गर्ने तयारी पनि पुगेको छैन । कम्तिमा पनि दुई वर्ष त अहिले नै छ । अहिलेदेखि नै म भनेर दौड किन लगाउनु ? योग्यतको प्रश्न छ, अहिले देखिएका जतिपनि साथीभाइहरु म म भनेर हिँड्नुभएको छ । उनीहरु भन्दा कुनैपनि कोणबाट, कुनैपनि पृष्ठभूमिबाट मैले आफूलाई ठानेको छैन । पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने छैन । विधानमै अर्को डेढ वर्षसम्म थप्न मिल्ने व्यवस्था छ । विधानमा पहिला एक वर्ष र त्यसपछि अर्को ६ महिनासम्म थप्न पाउने व्यवस्था छ । तर कति थपिन्छ थपिँदैन भन्नेकुरा केन्द्रिय समितिले निर्णय गर्छ । तर थपिन्छ भन्नेकुरामा परिस्थितिले, तयारीले थपिने कुरामा शंका छैन ।’

सांसद महतले सरकारले ल्याएको विधेयकमा भूमि सम्बन्धी विधेयकबारे मात्रै प्रतिपक्ष दलहरुले आपत्ति जनाएको भन्दै त्यसलाई सरकारले प्रतिष्थापन विधेयकमार्फत समाधान गर्न सकिने बताए ।


प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?