Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

पार्टीको अधिवेशनको समय थपिन्छ, नेतृत्वका लागि म अरु भन्दा कम योग्य छैनः प्रवक्ता महत


काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् ।

शनिवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको दाबि गरेका छन् । उनले पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्नेकुरा विधानमा रहेको उल्लेख गरे ।

प्रवक्ता एवं सांसद महतले तर कति थपिन्छ वा थपिँदैन भन्नेकुरा केन्द्रिय समितिको बैठकले गर्ने निर्णय गर्ने बताउदै नेतृत्वको दौडका लागि आजकै मितिदेखि दौड लगाउनुपर्ने पक्षमा आफू नरहेको बताए । अहिले पार्टीलाई निर्माण गर्न, एकअर्कालाई स्वीकार गर्नेकुरामा दौड लगाउनु उचित हुने बताउदै पार्टी नेतृत्वका लागि अरु भन्दा कमजोर आफू नरहेको पनि स्पष्ट पारेका छन् ।

उनले भने, ‘नेतृत्वको दौडमा आजकै मितिदेखि दौड लगाउनुपर्छ भन्ने म त्यसको पक्षपाती छैन । अहिले पार्टी निर्माणमा दौड लगाउनु पर्छ । पार्टी युनिफाइ गर्न दौड लगाउनुपर्छ । पार्टीभित्र सद्भाव वृद्धि गर्न दौड लगाउनुपर्छ । एक अर्कालाई स्वीकार गर्ने प्रवृत्ति विकास गर्न दौड लगाउनुपर्छ । अहिले पनि एक वर्ष त झन्डै ४ वर्षको अवधि पूरा हुन बाँकी नै छ । एक वर्ष थप्ने प्रचलन नै भएको छ । त्यो भन्दा अघि त हाम्रो अधिवेशन गर्ने तयारी पनि पुगेको छैन । कम्तिमा पनि दुई वर्ष त अहिले नै छ । अहिलेदेखि नै म भनेर दौड किन लगाउनु ? योग्यतको प्रश्न छ, अहिले देखिएका जतिपनि साथीभाइहरु म म भनेर हिँड्नुभएको छ । उनीहरु भन्दा कुनैपनि कोणबाट, कुनैपनि पृष्ठभूमिबाट मैले आफूलाई ठानेको छैन । पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने छैन । विधानमै अर्को डेढ वर्षसम्म थप्न मिल्ने व्यवस्था छ । विधानमा पहिला एक वर्ष र त्यसपछि अर्को ६ महिनासम्म थप्न पाउने व्यवस्था छ । तर कति थपिन्छ थपिँदैन भन्नेकुरा केन्द्रिय समितिले निर्णय गर्छ । तर थपिन्छ भन्नेकुरामा परिस्थितिले, तयारीले थपिने कुरामा शंका छैन ।’

सांसद महतले सरकारले ल्याएको विधेयकमा भूमि सम्बन्धी विधेयकबारे मात्रै प्रतिपक्ष दलहरुले आपत्ति जनाएको भन्दै त्यसलाई सरकारले प्रतिष्थापन विधेयकमार्फत समाधान गर्न सकिने बताए ।


प्रकाशित मिति: ३ फाल्गुन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?