Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले फागुन १ गते आयल निगममा धर्ना दिने


काठमाडौँ। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले बिरोधका कार्यक्रम सार्वजनिक गरेको हो । फागुन १ गतेदेखि नेपाल आयल निगम लिमिटेडको केन्द्रिय कार्यालयमा धर्ना र प्रदर्शन गर्ने महासंघले जनाएको छ । त्यस्तै २ गतेबाट पि.डि.ओ. नलिने र ५ गतेबाट सबै डिपोहरुमा ट्याङ्करको साँचो निगममा बुझाई ट्याङ्कर लोड÷अनलोड नगराउने तर निगम स्वयंले सञ्चालन गर्न चोह ट्याङ्कर उपलब्ध गराउने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष मनोजकुमार दासले महासंघले गत पुस २३ गते आयल निगम लगायत मन्त्रालयलाई पत्राचार गरी जानकारी गराएको तर सरकारले नसुनेको आरोप लगाए । १७ पटकसम्म ज्ञापनपत्र बुझाउँदा पनि माग सम्बोधन नभएको र विशेष गरी ढुवानी भाडा समायोजन नगरेको आरोप लगाउन्दै उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जायज माग सम्बोधन गर्न निर्देशन दिँदा पनि सुनुवाई नभएको बताए ।

२०७३ पछाडी डिजार र अन्य सामान्य बाहेक मुख्य सञ्चालन खर्च एवं यथार्थ ट्रिप संख्याको आधारमा ढुवानी भाडा समायोजन नगरेको बताए ।


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?