Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले फागुन १ गते आयल निगममा धर्ना दिने


काठमाडौँ। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले बिरोधका कार्यक्रम सार्वजनिक गरेको हो । फागुन १ गतेदेखि नेपाल आयल निगम लिमिटेडको केन्द्रिय कार्यालयमा धर्ना र प्रदर्शन गर्ने महासंघले जनाएको छ । त्यस्तै २ गतेबाट पि.डि.ओ. नलिने र ५ गतेबाट सबै डिपोहरुमा ट्याङ्करको साँचो निगममा बुझाई ट्याङ्कर लोड÷अनलोड नगराउने तर निगम स्वयंले सञ्चालन गर्न चोह ट्याङ्कर उपलब्ध गराउने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष मनोजकुमार दासले महासंघले गत पुस २३ गते आयल निगम लगायत मन्त्रालयलाई पत्राचार गरी जानकारी गराएको तर सरकारले नसुनेको आरोप लगाए । १७ पटकसम्म ज्ञापनपत्र बुझाउँदा पनि माग सम्बोधन नभएको र विशेष गरी ढुवानी भाडा समायोजन नगरेको आरोप लगाउन्दै उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जायज माग सम्बोधन गर्न निर्देशन दिँदा पनि सुनुवाई नभएको बताए ।

२०७३ पछाडी डिजार र अन्य सामान्य बाहेक मुख्य सञ्चालन खर्च एवं यथार्थ ट्रिप संख्याको आधारमा ढुवानी भाडा समायोजन नगरेको बताए ।


प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?