Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

कठै सम्बन्ध: एलिनापछि लगनगाँठो कसेको ६ महिना नबित्दै अरुणिमा लम्सालको पनि सम्बन्ध धरापमा !


काठमाडाैं । गायिका एलिना चौहानले विहेको वर्षदिन नपुग्दै श्रीमानविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा हालेपछि गर्माएको सामाजिक सञ्जाल फेरि एकपटक तातेको छ । एकपछि अर्का कलाकारको वैवाहिक सम्बन्धमा दरार आइरहेको खबरका बीच त्यो हुलमा नायिका अरुणिमा लम्साल पनि थपिएकी छन् ।

गत भर्दौ ३ गते कांग्रेस नेता युवराज श्रेष्ठसँग लगनगाँठो कसेकी अरुणिमाको दोस्रो वैवाहिक सम्बन्धमा पनि दरार आएको चर्चा चल्न थालेको छ ।पछिल्लो समय अमेरिका बस्दै आएकी उनले सामाजिक सञ्जालबाट श्रीमानसँगका सबै तस्बिरहरु गायब गराएपछि उनको श्रीमान्सँग सम्बन्ध राम्रो नभएको चर्चा चल्न थालेको हो ।

अरुणिमाले विवाहका तस्विर र भिडिओहरु प्रशस्तै संख्यामा आफ्नो फेसबुकमा राखेकी थिइन् । ती तस्वीररभिडिओहरु अहिले देखिएको छैन् । तर, श्रीमानले भने उनका तस्बिर हटाएका छैनन् ।


प्रकाशित मिति: २० माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?