Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

समयले कट्टा हानेकी एलिना !


काठमाडाैं । एलिना चाैहानले सम्बन्ध टुंग्याउने मोडमा पुगे पनि विष्णुप्रति आफ्नो माया घटेको छैन भन्ने स्पष्ट पार्दै भावुक लाइभ गरिन्। उनले अदालतमा डिभोर्सका लागि मुद्दा दर्ता गरिसकेपछि पनि पतिलाई सम्मान र माया गर्न नछाडेको बताइन्।

लाइभमा उनले भनिन्, “मायाको कुरा गर्दा कस्तो हुँदो रहेछ भने, आफूले माया गरेको मान्छेलाई गाली गर्दा, आफैंले गाली खाएभन्दा बढी पीडा हुँदो रहेछ।” साथै, उनले विष्णुप्रति कुनै नराम्रो टिप्पणी नगर्न सबैलाई आग्रह गर्दै भनिन्, “उहाँलाई गाली नगरिदिनु होला, बरु मलाई नै गाली गर्नुस्।”

एलिनाले आफ्नो जिन्दगीका निर्णयहरूका लागि आफूलाई नै जिम्मेवार ठानेर आत्मविश्लेषण गर्ने दृष्टिकोण देखाइन्। उनले दिएको सन्देश स्पष्ट छ— साँचो माया केवल साथ रहँदा मात्र होइन, टाढिँदा पनि जीवित रहन्छ। सम्बन्ध जेसुकै मोडमा पुगे पनि सम्मान, समझदारी, र सकारात्मकता कायम राख्न सकियो भने, विछोड पनि एउटा सिकाइको अध्याय बन्न सक्छ, चोट होइन।


प्रकाशित मिति: २० माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?