Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

समयले कट्टा हानेकी एलिना !


काठमाडाैं । एलिना चाैहानले सम्बन्ध टुंग्याउने मोडमा पुगे पनि विष्णुप्रति आफ्नो माया घटेको छैन भन्ने स्पष्ट पार्दै भावुक लाइभ गरिन्। उनले अदालतमा डिभोर्सका लागि मुद्दा दर्ता गरिसकेपछि पनि पतिलाई सम्मान र माया गर्न नछाडेको बताइन्।

लाइभमा उनले भनिन्, “मायाको कुरा गर्दा कस्तो हुँदो रहेछ भने, आफूले माया गरेको मान्छेलाई गाली गर्दा, आफैंले गाली खाएभन्दा बढी पीडा हुँदो रहेछ।” साथै, उनले विष्णुप्रति कुनै नराम्रो टिप्पणी नगर्न सबैलाई आग्रह गर्दै भनिन्, “उहाँलाई गाली नगरिदिनु होला, बरु मलाई नै गाली गर्नुस्।”

एलिनाले आफ्नो जिन्दगीका निर्णयहरूका लागि आफूलाई नै जिम्मेवार ठानेर आत्मविश्लेषण गर्ने दृष्टिकोण देखाइन्। उनले दिएको सन्देश स्पष्ट छ— साँचो माया केवल साथ रहँदा मात्र होइन, टाढिँदा पनि जीवित रहन्छ। सम्बन्ध जेसुकै मोडमा पुगे पनि सम्मान, समझदारी, र सकारात्मकता कायम राख्न सकियो भने, विछोड पनि एउटा सिकाइको अध्याय बन्न सक्छ, चोट होइन।


प्रकाशित मिति: २० माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?