Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

३० हजार आप्रवासीहरूलाई हिरासतमा राख्न ट्रम्पको आदेश


एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीहरूलाई हिरासतमा लिन निर्देशन दिएका छन्।

रक्षा र गृह सुरक्षा विभागहरूलाई ग्वान्टानामो खाडीमा ३० हजार व्यक्तिको आप्रवासी सुविधा तयार गर्न निर्देशन दिने कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेको बताए। अमेरिकी जनतालाई धम्की दिने सबैभन्दा खराब अपराधी गैरकानूनी आप्रवासीहरूलाई हिरासतमा राख्न ग्वान्टानामोमा ३० हजार शैय्याहरू रहेको बताए । ट्रम्पले ह्वाइट हाउसमा लेकन रिले ऐनमा हस्ताक्षर गर्नुअघि यो टिप्पणी गरेका हुन् । केही अपराधको आरोप लागेका कागजात नभएका आप्रवासीहरूलाई हिरासतमा राख्ने व्यवस्था गर्ने लेकन रिले ऐनलाई यस महिनाको शुरुमा कंग्रेसले अनुमोदन गरेको थियो । यो नयाँ प्रशासनको पहिलो प्रमुख कानून हो ।

आफ्नो अभियानको क्रममा ट्रम्पले पदभार ग्रहण गरेपछि अवैध आप्रवासीहरूको ठूलो मात्रामा देश निकाला गर्ने घोषणा गर्नुभएको थियो । अध्यागमन र भन्सार प्रवर्तनले लगभग १ हजारलाई गिरफ्तारी गरेको छ ।


प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?