Trending
>>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

बारम्बार ज्वाला दिदिमाथी प्रहार किन?


  • अपेक्षा पाेखरेल

नियत त खराब थिएन मात्र शब्द चयन खराब थियो !त्यही पनि सच्याइसक्नु भो । रास्वपामा कुनै कुनै केन्द्रीय सदस्यहरु यस्ता छन आज सम्म तिनिहरुको रास्वपा एपमा बाहेक अन्त काहिकतै अनुहार देखेको छैन । तर ज्वाला दिदी आफ्नो पदलाई थाती राखेर दुधेबालक छोडेर एउटा साधारण सदस्यको हैसियतमा बसेर अहोरात्र रुपमा खटिराख्नु भएको छ, पार्टिकै लागि हिडिराख्नु भएको छ। अनि बारम्बार उहाँ माथी प्रहार किन? शब्द चित्त नबुझेर सबैभन्दा पहिला मेसेज गर्ने म नै हुँ, चित्त नबुझेको कुरा राख्न पाइन्छ तर पार्टीबाटै निकाल्न पर्छ, कार्बाही गर्नुपर्छ बनेर बारम्बार प्रहार गर्नेहरुको अनुहार मज्जाले चिनेका छौं र को बाट परिचालित छन भनेर पनि थाहा छ ।एउटा नारीमाथी बारम्बार प्रहार गरेको देख्दा घरीघरी दिक्क लागेर आउँछ..!

यो पृतसत्ता समाज हो दिदी, यहाँ महिला अगाडि बढेको जो कोहिले देख्न सक्दैन। तपाईं जतिनै असल कर्म गर्नुस यहाँ तपाईको गल्ती कुरेर बसिरहेका छन् केही जमातहरु..! अझ निखारिएर अगाडि बढ्नु होला..! हरेक पाइलामा ध्यान दिनुहोला । यो देशमा तपाईं जस्तै आटँ, साहस र निडर छोरीहरुको जन्म होस । आगामी राजनीतिक यात्राको शुभकामना दिदि..!!


प्रकाशित मिति: १७ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?