Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

बारम्बार ज्वाला दिदिमाथी प्रहार किन?


  • अपेक्षा पाेखरेल

नियत त खराब थिएन मात्र शब्द चयन खराब थियो !त्यही पनि सच्याइसक्नु भो । रास्वपामा कुनै कुनै केन्द्रीय सदस्यहरु यस्ता छन आज सम्म तिनिहरुको रास्वपा एपमा बाहेक अन्त काहिकतै अनुहार देखेको छैन । तर ज्वाला दिदी आफ्नो पदलाई थाती राखेर दुधेबालक छोडेर एउटा साधारण सदस्यको हैसियतमा बसेर अहोरात्र रुपमा खटिराख्नु भएको छ, पार्टिकै लागि हिडिराख्नु भएको छ। अनि बारम्बार उहाँ माथी प्रहार किन? शब्द चित्त नबुझेर सबैभन्दा पहिला मेसेज गर्ने म नै हुँ, चित्त नबुझेको कुरा राख्न पाइन्छ तर पार्टीबाटै निकाल्न पर्छ, कार्बाही गर्नुपर्छ बनेर बारम्बार प्रहार गर्नेहरुको अनुहार मज्जाले चिनेका छौं र को बाट परिचालित छन भनेर पनि थाहा छ ।एउटा नारीमाथी बारम्बार प्रहार गरेको देख्दा घरीघरी दिक्क लागेर आउँछ..!

यो पृतसत्ता समाज हो दिदी, यहाँ महिला अगाडि बढेको जो कोहिले देख्न सक्दैन। तपाईं जतिनै असल कर्म गर्नुस यहाँ तपाईको गल्ती कुरेर बसिरहेका छन् केही जमातहरु..! अझ निखारिएर अगाडि बढ्नु होला..! हरेक पाइलामा ध्यान दिनुहोला । यो देशमा तपाईं जस्तै आटँ, साहस र निडर छोरीहरुको जन्म होस । आगामी राजनीतिक यात्राको शुभकामना दिदि..!!


प्रकाशित मिति: १७ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?