Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

मैले पर्दाफास गर्दै गँए भने नाकमुख देखाउन गार्हो होला नि महोदय !


  • ज्वाला संग्राैला

अरु त त्यस्तै हो पार्टीको चुनाबी अभियानका दौरान आर्थिक अपचलन गरेर निलम्बनमा परेका “भुतपुर्व ” हरुले मेरो खेदो गरेको चाहिँ कतिपनी सुहाएन । मैले केही अपराध गरेको छैन, कसैको एक सुको खाएको छैन, पार्टीभित्र बसेर गुट र फुटको गन्धा धन्दा गरेको छैन। सकेसम्म राम्रो गरौ , नसके नराम्रो पनि नगरौ भन्ने सोच हो। आजपनी म पार्टीभित्र यसकारण छु कि त्यहा रबिदाई हुनुहुन्छ अनि अरु केही राम्रा साथीहरु! मेरो एउटा सामान्य लेखाईको त्रुटि, त्यो पनि मैले सच्याएर ३ वटा स्पष्टीकरण सहितका स्टाटस लेख्दा समेत मलाई खेद्न छोडेका छैनन् । यसबाट म कतै बिचलित भएकी छैन, किनकी यस्ता बाधाका पहाडमाथी टेक्दै जीवनको उकाली चढेको निक्कै साल भै सक्यो। ज जस्ले आज मेरो बिरोध गरेर आफू रास्वपा हु भनिरहेका छ्न, तिनीहरुको बिगत खोज्दै जाने हो भने एउटा न एउटा काण्डमा मुछिएकै छन् । मैले पर्दाफास गर्दै गए भने भोलि नाकमुख देखाउन गार्हो होला महोदय। तसर्थ सम्यमित बन्नुस। मेरो अभिव्यक्तिको विशयमा मलाई पार्टीको केन्द्रीय अनुशासन समितिले स्पष्टीकरण सोधेमा म जुनसुकै ठाउमा उभिएर भएपनी जबाफ दिन तयार छु।

रबिदाई सन्चारकर्मी हुदा देखि नै दाईको सपोर्टमा सबैभन्दा बढी लेख्ने बोल्ने र कसैको डर धम्कीको परवाह नगरी एकलै भएपनी खडा भएर हिडेकी मान्छे हु म। आज रबिदाई राजनीतिमा आएर यस्तो परिवन्द झेल्दै गर्दा समेत मैले दाईको साथ छोडेको छैन किनभने दाईले यो देशको लागि सोचेको सपना ठूलो छ र त्यो सपना भित्र आज मेरो सानो दुधे बालकको भबिस्य समेत जोडिएको छ। तसर्थ उस्लाई छोडी छोडी म रबिदाईलाई जोगाउनु पर्छ भनेर हिडिरहेकी छु। रबिदाईमाथी आज सिङ्गो राज्य खनिएको देख्दा मन रोएको छ । दाईको लागि हामीजस्ता भुइमान्छेले बोल्नु पर्छ भनेर मेरा साथीहरुलाई समेत प्रेरित गर्दै गर्दा एउटा सामान्य त्रुटीलाई दिनदिनै आफ्नो फेसबुकमा बोकेर कुदिरहेका केही साथीहरुको बौद्धिक दरिद्रता देखेर दया लागेको छ। पार्टीलाई माया गर्नुस तर माया गरेको नाटक नगर्नुस। म केन्द्रिय सदस्य भएकोमा नै यति सारो आपति , डाहा र रिस हो भने पार्टीले खुल्ला प्रतिस्पर्धाको नीति अपनाएको छ। महाधिवेशन लडेर आउनुस र मलाई हराइदिनुस , सक्की गो नि !


प्रकाशित मिति: १७ माघ २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?