Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

लगानीको सहज वातावरण बनाउन सरकारले कानून ल्याएको छः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्दा मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसकेको बताएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्र उत्पादन भन्दा पनि व्यापारमुखी बन्दै गएको बताएका छन् । सभापति देउवाले गाउँ—गाउँमा स्थानीय उद्यमशिलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउदै गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा साना लगानीले पनि रोजगारी प्राप्त गर्ने बताए ।

पछिल्लो समय स्टार्टअप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको र युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरिरहेको बताउदै उनले थोरै लगानीले स्टार्टअप व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा धेरै रोजगारी सिर्जना गर्न सकिने बताए । नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिष्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्युन गर्दै लैजाने उद्देश्यले नेपाली काँग्रेसले साना र मझौला उद्यम व्यवसाय प्रवद्र्धन गर्ने नीति लिएको बताएका छन् ।

उनले सरकारले उद्यमी व्यापारी, व्यवसायीहरुले भोग्नुपरेको कानूनी तथा प्रक्रियागत समस्याहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न कानून ल्याएको र मुलुकको समृद्धिका लागि सूचना प्रविधि प्रवद्र्धन, राजनीतिक स्थिरता र प्राकृतिक श्रोत, मानव संशाधन, पुँजीको वृद्धिको संवैधानिक समन्वयात्मक विकास जरुरी रहेको बताए ।

उनले भने, ‘आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसक्नुको कारण स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कोतिर विश्वबजारसँग हाम्रो निजी क्षेत्रले प्रतिष्पर्धा गर्न असहज गरिरहेको भन्ने देखिन्छ । त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा पनि व्यापारमुखी बन्दै गएको छ । यही अवस्थालाई मध्यनजर गरी नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिष्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्युन गर्दै लैजाने उद्देश्यले हामीले साना र मझौला उद्यम व्यवसाय प्रवद्र्धन गर्ने नीति लिएका हौँ । नेपालमा युवा उद्यमी आकर्षण गर्न, उद्यमीहरुको व्यवसाय प्रवद्र्धन गर्न, साना तथा मझौला उद्यमी, व्यापारी व्यवसायीहरुको समस्या बुझी पार्टीलाई सुझाव दिन उद्यमशिलता, साना र मझौला व्यवसायी विकास विभाग गठन गरेका हौँ । उद्यमी व्यापारी, व्यवसायीहरुले भोग्नुपरेको कानूनी तथा प्रक्रियागत समस्याहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानून ल्याएको छ । त्यस कानूनले यस क्षेत्रको सुधार अवश्य पनि गर्नेछ । मुलुकको समृद्धिका लागि राज्यको ध्यान पुग्नुपर्ने अर्को विषय सूचना प्रविधि पनि हो । यि सबै काम गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक श्रोत, मानव संशाधन, पुँजीको वृद्धिको संवैधानिक समन्वयात्मक विकास हुनुपर्छ ।’

सभापति देउवाले हमासको बन्दीमा रहेका विपिन जोशीलाई छुटाउन इजरायली राजदुतसँग आग्रह गरेका छन् ।


प्रकाशित मिति: १६ माघ २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?