Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

एक्टरः टेक वन’को प्रिमियर सम्पन्न


काठमाडौँ। नेपाली चलचित्र ‘एक्टरः टेक वन’को ग्राण्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ ।

चलचित्रका अभिनेता द्वय प्रदीप खड्का र राजवल्लभ कोईराला साथै अभिनेत्री द्वय अन्नपूर्ण शर्मा र दिव्या रायमाझीको अभिनय रहेको चलचित्रमा चलचित्र क्षेत्रका कलाकारहरूसहित विशिष्ट व्यक्तित्वहरू, चलचित्र निर्माण टोलीका सदस्यहरू, उनीहरूका पारिवारिक सदस्य तथा व्यापारिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति प्रिमियरमा देखिएको थियो । माघ १६ गते बुधवार सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’ को प्रिमियरमा बोल्दै अभिनेता प्रदीप खड्काले कलाकार बन्नका लागि गरेको प्रयत्नबारे चलचित्रमा देखाइएको बतौए । अभिनेता राजवल्लभ कोईरालाले चलचित्र राम्रो बनेकाले दर्शकहरुलाई हेर्न आउन आग्रह गरेका छन् ।

चलचित्र राजन भुसालले निर्देशन गरेका हुन् । यो चलचित्र भुसालको पहिलो निर्देशकीय चलचित्र हो । चलचित्रमा अभिनेता खड्कासँगै अन्नपूर्ण शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोईराला, दिव्यदेव कोईराला, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरूको प्रमुख भुमिका रहेको छ ।


प्रकाशित मिति: १५ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?