Trending
>>   १० प्रतिशत इथानोल मिश्रण गर्दा वार्षिक ६ अर्ब बराबर बचाउन सकिन्छः उद्योगमन्त्री सिन्हा >>   निर्वाचन पर्यवेक्षणको नाममा चलखेल अस्वीकार्य: रामप्रसाद भण्डारी >>   काठमाडौं महानगरपालिकामा जग्गासम्बन्धि भू–सेवा केन्द्र र भू–सूचना प्रणाली सञ्चालनमा >>   निर्वाचनको वातावरण बिथोलिने अवस्था बन्दैनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   सरकारी सेवा प्रभावकारी नभएका कारण नेपालीहरू विदेश पलायन हुनुपर्‍योः मन्त्री इङ्नाम >>   सर्वोच्चको झट्कापछि ट्रम्पको कडा कदम: विश्वव्यापी ट्यारिफ १०बाट बढाएर १५ प्रतिशत पुर्‍याए >>   ‘देश बनाउने र जलाउनेबीचको लडाईंमा एमालेको जित अनिवार्य छ’: अध्यक्ष ओली >>   ६० वर्षे राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार गरिनँ : अध्यक्ष ओली >>   बंगलादेशले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस >>   भोट भनेको शक्ति हो, आफ्नो शक्ति हस्तान्तरण गर्दा हजारचोटि सोच्नुस्ः राजेन्द्र लिङदेन
Logo
१० फाल्गुन २०८२, आईतवार
१० फाल्गुन २०८२, आईतवार

एक्टरः टेक वन’को प्रिमियर सम्पन्न


काठमाडौँ। नेपाली चलचित्र ‘एक्टरः टेक वन’को ग्राण्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ ।

चलचित्रका अभिनेता द्वय प्रदीप खड्का र राजवल्लभ कोईराला साथै अभिनेत्री द्वय अन्नपूर्ण शर्मा र दिव्या रायमाझीको अभिनय रहेको चलचित्रमा चलचित्र क्षेत्रका कलाकारहरूसहित विशिष्ट व्यक्तित्वहरू, चलचित्र निर्माण टोलीका सदस्यहरू, उनीहरूका पारिवारिक सदस्य तथा व्यापारिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति प्रिमियरमा देखिएको थियो । माघ १६ गते बुधवार सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’ को प्रिमियरमा बोल्दै अभिनेता प्रदीप खड्काले कलाकार बन्नका लागि गरेको प्रयत्नबारे चलचित्रमा देखाइएको बतौए । अभिनेता राजवल्लभ कोईरालाले चलचित्र राम्रो बनेकाले दर्शकहरुलाई हेर्न आउन आग्रह गरेका छन् ।

चलचित्र राजन भुसालले निर्देशन गरेका हुन् । यो चलचित्र भुसालको पहिलो निर्देशकीय चलचित्र हो । चलचित्रमा अभिनेता खड्कासँगै अन्नपूर्ण शर्मा, दिव्या रायमाझी, राजवल्लभ कोईराला, दिव्यदेव कोईराला, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरूको प्रमुख भुमिका रहेको छ ।


प्रकाशित मिति: १५ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?