Trending
>>   १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >>   भक्तपुरमा मोटरसाइकल र कार दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते >>   पूर्वऊर्जा राज्यमन्त्री शर्माको बागलुङमा अन्त्येष्टि >>   तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी >>   अमेरिकी डलरसँगै रियाल, दिराम, दिनारको भाउ बढ्यो, हेर्नुहोस कुन देशको कति ? >>   महाभारत लेकमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक >>   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै ,कस्तो रहला आजको मौसम ? >>   आज मिति २०८१ साल माघ ११ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको छः सिके राउत >>   आज पनि रवि लामिछाने निकिताकै जिम्मामा !
Logo
११ माघ २०८१, शुक्रबार
११ माघ २०८१, शुक्रबार

पूर्वऊर्जा राज्यमन्त्री शर्माको बागलुङमा अन्त्येष्टि


गण्डकी । उपचारका क्रममा भारतको एक अस्पतालमा मङ्गलबार निधन हुनुभएका पूर्वऊर्जा राज्यमन्त्री एवं संविधानसभा सदस्य रामजीप्रसाद शर्माको बिहीबार बागलुङस्थित निरयघाटमा अन्त्येष्टि गरिएको छ । सशस्त्र प्रहरी बलको शोक सलामीसहित गरिएको अन्त्येष्टिमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित सयौँ मानिस उपस्थित थिए ।

पूर्वप्रधानमन्त्री नेपालले दिवङ्गत शर्माको घर र अन्त्येष्टिस्थलमा पुगेर शर्माप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यस क्रममा उनले नेपालको राजनीतिक आन्दोलनले असल र निष्ठावान नेतालाई गुमाएको बताए । अढसठ्ठी वर्षको उमेरमा भएको शर्माको अप्रत्यासित निधनको खबरले आफू स्तब्ध बनेको नेता नेपालको भनाइ थियो । मानिसको जीवन नश्वर रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले व्यक्ति दिवङ्गत भएर गए पनि उनका सही कर्म र योगदानको सदा स्मरण भइरहने बताए ।

जेबी टुहुरेको गीत ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदोरैछ, देशभक्त छोरो मर्दा देशै रूँदो रैछ’ सम्झँदै उनले शर्माको निधनको खबर सुन्ने जोकोही मर्माहत भएको बताए । पूवप्रधानमन्त्री नेपालले आगामी ससंद् बैठकमा दिवङ्गत शर्माप्रति श्रद्धाञ्जलीसहित सम्मान गरिनुपर्नेमा जोड दिए । देश र जनताप्रति जीवन समर्पित गर्नेहरू सधैँ प्रंशसायोग्य रहने भन्दै उनले शर्मा पनि आफ्ना व्यवहार र आचरणका कारण जनतामाझ लोकप्रिय रहेको बताए ।

२०६४ को पहिलो संविधानसभा चुनावमा बागलुङ–१ बाट निर्वाचित शर्मा बागलुङको कम्युनिष्ट आन्दोलनको अगुवा नेताका रूपमा चिनिन्छन् । पछिल्लो समय नेकपा (एकीकृत समाजवादी)मा क्रियाशील रहेका उनी संविधानसभाको पहिलो कार्यकालमा ऊर्जा राज्यमन्त्री भएका थिए ।


प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?