Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
६ चैत्र २०८२, शुक्रबार
६ चैत्र २०८२, शुक्रबार

कर्णाली प्रदेश : एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने


१७ चैत ,सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा (एमाले) ले विश्वासको मत दिने भएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठकमा भाग लिँदै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा मत दिने बताएका हुन्‌।

एमाले अहिले सत्तापक्षको बेन्चमा छ । उनले भने, “जुन आसनमा हामी छौँ, त्यहीअनुसार हामी पक्षमा मत दिन्छौँ, आफैँले बनाएको सरकारलाई समर्थन नगर्ने कुरै भएन”, उनले भने ।

नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले छलफलमा भाग लिँदै मुख्यमन्त्री शर्मालाई आवश्यक भएको अवस्थामा मात्रै मत दिन सकिने बताए ।

आजै विश्वासको मत विभाजन हुने भए पनि नेता शाहीले मत दिने वा नदिने प्रष्ट पारेनन्‌ । उनले भने, “अप्ठेरो परेमा विश्वासको मत दिनेबारे सोच्छौँ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि कर्णालीका मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न प्रस्ताव गरेका हुन्‌ । अहिले सदन चलिरहेको छ ।


प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?