Trending
>>   मगर र थारु समुदायले मनाए माघी (तस्बिरहरु) >>   प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस >>   आज मिति २०८१ साल माघ ०१ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिनुपर्छः उपप्रमुख डंगोल >>   माइती नेपाललाई एक करोड रुपैयाँ दिने प्रधानमन्त्री ओलीको घोषणा >>   परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानीे विश्वमै कमजोर हुनुमा दोषि को हो ? >>   जुवातास खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ >>   आठ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित >>   किन रोके राष्ट्रपतिले मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भूमि अध्यादेश ! >>   चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
Logo
१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानीे विश्वमै कमजोर हुनुमा दोषि को हो ?


काठमाडौँ। नेपाली राहदानी (पासपोर्ट) विश्वमा सबैभन्दा कमजोर भएको विषयमा सांसदहरुले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

सोमवार प्रतिनिधि सभाअन्तर्गको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसदहरुले नेपाली राहदानीको स्तर कमजोर हुँदा देशको वैश्विक छवि र इज्जतमाथि प्रश्न उठेको बताएका छन् ।

बैठकमा नेकपा (एमाले)की सचेतक सुनिता बरालले विभिन्न प्रतिवेदनहरुमा नेपाली राहदानीको र्याङ्किङ दिनानुदिन घटिरहेको बताइन् । उनले नेपालको राहदानीको पोजिसन कमजोरस्थितिमा रहेको उल्लेख गर्दै यसको सुधारका सरकारको ध्यान गएको छ कि छैन भन्दै पश्न समेत गरिन् । उनले फ्रि भिसा फ्रि टिकेटको व्यवस्था कार्यान्वयनको स्थितिबारे समेत परराष्ट्रमन्त्री आरजु राणा देउवासँग जवाफ माग गर्दै उनले फ्रि भिसाको व्यवस्था कम मात्र नेपाली नागरिक जाने देशसँग मात्र रहेको बताइन् । उनले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको पारिश्रमिकबारे मापदण्ड बनाउनुपर्ने बताइन् ।

उनले भनिन् ,‘हामीले विभिन्न रिपोर्टहरु हेरिरहेका छौं । त्यसमा हाम्रो पासपोर्टको र्याङ्किङ दिनानुदिन घटिरहेको पाइरहेका छौं । हाम्रो राजदानी कमजोर पोजिसनमा छ । यसलाई हामीले डिप्लोमेटिकली नेगोसिएसन या पहलकदमी गर्न सकिन्छ कि सकिँदैन ? मन्त्रीज्युले यस विषयमा ध्यान दिनुभएको छ कि छैन ? अर्को कुरा हामीले केही देशको भिसा फ्रि पाउने र त्यो अनअराएबल हुने व्यवस्था अहिले पनि केही देशहरुमा छ । त्यसमा हामीले अलि बढी आवतजात हुने सिंगापुर बाहेक त्यस्तो रहेनछ । हामीले नयाँ नाम सुन्ने खालका देशहरुसँग मात्रै यस्तो सम्झौता गरिएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरुको पारिश्रमिकको एउटा न्युनतम मापदण्ड नभएको र हामीले आवश्यक फलोअप नगरेका कारणले जतिपनि कामदारहरुले दुःख पाइरहेको अवस्था छ । अन्य विकसित मुलुकहरुले आवश्यक मापदण्ड बनाएर पठाउने र कार्यान्वयन नभएको अवस्थामा फिर्ता बोलाउने अभ्यास छ । ’

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राहदानी कमजोर हुनुको मुख्य कारण सम्झौता अनुसार काम नहुनु रहेको बताए । उनले सम्झौताअनुसार गुणस्तरीय राहदानी नदिएपनि सेटिङ मिलाए उन्मुक्ति पाइन्छ भन्ने मानसिकता हावी भएको बताएका छन् । सम्झौताअनुसार राहदानी नछाप्ने कम्पनीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा उनको जोड छ । उनले सरकारले एकैपटक धेरै पासपोर्ट छाप्न लागेको भन्दै आपत्ति जनाउदै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै मुलुकमा सामाजिक अपराधका घट्नाहरु बढ्न थालेको बताएका छन् । उनले युवाहरु विदेश पलायन हुँदा समाजमा वृद्धवृद्धाको स्याहार गर्न तथा जन्ती र मलामी जाने समेत मान्छे नभएको प्रति चिन्ता व्यक्त गरेका छन् ।

उनले भने, ‘राजदानी कमजोर भएको जुन कुरा आयो त्यसमा सम्झौता अनुसार काम गरेन भने सजाय कडा हुनुप¥यो । गुणस्तर नभएको पासपोर्ट दिएपनि म सेटिङ मिलाएर मुक्त हुन्छु भन्ने मानसिकता भयो भने मान्छे डराउँदैन । त्यसकारण जे कन्ट्र्याक्ट भएको हो त्यही अनुसार नदिनेलाई त सजाय हुनुप¥यो नि । चोरले नदेख्नेगरी चोर्छ । डाँकाले त बताएरै ठगेर जान्छ । त्यसकारण कसैलाई डाँका हाल्न दिनु भएन । यसमा हामीले शंका गर्नै पर्दैन । अर्को कुरा हामीले यतिधेरै पासपोर्ट छाप्ने कुरा आएको छ । त्यसमा जम्मै नेपालीहरुलाई विदेश पठाएउँदा नेपाली सामाजभित्रै विकृति बढ्यो, वृद्ध मान्छेलाई पानी खुवाउने मान्छे भएन, मलामी भएन । हाम्रो झन्डै पाँच सय कलेजहरु सुक्न लाग्यो भनेपछि हाम्रो काम चाहीँ मान्छे विदेश पठाउने अनि देश लथालिंग पार्ने ? यो चाहीँ ठिक भएन । खेतिपातीको विकास नहुँदा विदेशबाट खर्बौं रुपैयाँका अन्नबाली आयात गर्नुपरेको छ । यो वर्ष आठ लाख टन धान नेपाललाई नपुग्ने भनेर आएको छ । हाम्रो जग्गाजमिन बाँझो छ ।’


प्रकाशित मिति: २९ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?