Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

चलचित्र ‘पीताम्बर’को टिजर सार्वजनिक


काठमाडौँ। नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक भएको छ ।

सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको टिजर सार्वजनिक भएको हो । टिजर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री दिव्या रायमाझीले आफ्नो यो दोस्रो चलचित्र भएको र काम गर्दा धेरै नै खुशीको महशुस गरेको बताउनु भयो । उहाँले चलचित्र धेरै नै राम्रो बनेको बताउनु भयो । कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले चलचित्रको स्क्रिप्ट पढ्दा नै धेरै राम्रो रहेको र काम गर्दा पनि त्यत्तिकै राम्रो महशुस गरेको बताउनु भयो । अभिनेता प्रदीप खड्काले चलचित्र सोचेको भन्दा धेरै नै राम्रो रहेको दाबी गर्नुभयो । कृषा चौलागाईं निर्देशित चलचित्र ‘पीताम्बर’ चैत २९ गतेबाट देशव्यापी रूपमा प्रदर्शन हुनेछ ।

चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, अनुपविक्रम शाही, दिव्या रायमाझी, दिव्य देव, कामेश्वर चौरसिया, सुपुष्पा भट्टको पनि अभिनय रहेको छ । सुमन गौतम कार्यकारी निर्माता रहनुभएको चलचित्रलाई पुरुषोत्तम प्रधानले छायाङ्कन गर्नुभएको हो । चलचित्रको पटकथा प्रदीप भारद्वाजले लेख्नुभएको हो भने केपी फिल्म्सले पुरुषोत्तम प्रधान फिल्म्ससँग सहकार्य गरेको चलचित्रमा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।


प्रकाशित मिति: २९ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?