Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो बढ्ने


नयाँदिल्ली। भारतको नयाँ दिल्लीमा आइतबार बाक्लो हुस्सु लागेको छ ।

भारतीय मौसमविज्ञान विभाग (आईएमडी) का अनुसार भारतीय राजधानी दिल्लीमा शहरमा मेघगर्जन र असिनासहित वर्षाको चेतावनी जारी गरेको छ भने आइतबार बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ ।

‘इन्डिया गेट’को श्रव्यदृश्यमा राष्ट्रिय राजधानी नयाँदिल्लीमा दृश्यता प्रतिशत करिब शून्य रहेको बताइएको छ । “शनिबार राष्ट्रिय राजधानीमा हल्का वर्षा भएको र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियसमा झरेको थियो।

त्यसैगरी, कानपुर र ग्वालियरजस्ता शहरमा पनि बाक्लो हुस्सु लागेको छ । आईएमडीका अनुसार शनिबार दिल्लीको औसत तापक्रम ११ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रतिकूल मौसमका बावजुद इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि उडान डाइभर्सन वा रद्द गरिएको छैन। यद्यपि कुहिरोका कारण धेरै रेलहरूको सेवामा ढिलाइको सामना गर्नुपरेको छ ।


प्रकाशित मिति: २८ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?