Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

दिल्लीमा हल्का वर्षासँगै व्यापक चिसो बढ्ने


नयाँदिल्ली। भारतको नयाँ दिल्लीमा आइतबार बाक्लो हुस्सु लागेको छ ।

भारतीय मौसमविज्ञान विभाग (आईएमडी) का अनुसार भारतीय राजधानी दिल्लीमा शहरमा मेघगर्जन र असिनासहित वर्षाको चेतावनी जारी गरेको छ भने आइतबार बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ ।

‘इन्डिया गेट’को श्रव्यदृश्यमा राष्ट्रिय राजधानी नयाँदिल्लीमा दृश्यता प्रतिशत करिब शून्य रहेको बताइएको छ । “शनिबार राष्ट्रिय राजधानीमा हल्का वर्षा भएको र न्यूनतम तापक्रम ७.७ डिग्री सेल्सियसमा झरेको थियो।

त्यसैगरी, कानपुर र ग्वालियरजस्ता शहरमा पनि बाक्लो हुस्सु लागेको छ । आईएमडीका अनुसार शनिबार दिल्लीको औसत तापक्रम ११ डिग्री सेल्सियस मापन गरिएको थियो ।

प्रतिकूल मौसमका बावजुद इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि उडान डाइभर्सन वा रद्द गरिएको छैन। यद्यपि कुहिरोका कारण धेरै रेलहरूको सेवामा ढिलाइको सामना गर्नुपरेको छ ।


प्रकाशित मिति: २८ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?