Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

क्यालिफोर्नियामा भीषण आगलागी : हजारौं घर र भवनहरू जलेर नष्ट


काठमाडौँ। शुक्रवारदेखि लस एन्जलस काउन्टीका विभिन्न भागहरूमा भीषण डढेलोको श्रृङ्खला जारी छ ।

जुन आंशिक रूपमा मात्र नियन्त्रणमा आएको छ । जसले गर्दा त्यहाँका बासिन्दाहरूको जीवनमा व्यापक अवरोधहरू सिर्जना भएको बताइएको छ । विद्यालयहरू बन्द हुनुका साथै असंख्य मनोरञ्जन, खेलकुद र सामुदायिक कार्यक्रमहरू रद्द गरिएका छन् । काउन्टी मेडिकल परीक्षकको कार्यालयकाअनुसार क्षेत्रको इतिहासकै सबैभन्दा ठूलो डढेलोले कम्तिमा ११ जनाको ज्यान लिएको छ ।

हालसम्म १० हजार भन्दा बढी भवनहरू नष्ट भएका छन् । आगलागीले दशौं हजार बासिन्दाहरूलाई विष्थापित गरेको छ । कम्तिमा ७० हजार घरहरू खतरामा छन् भने १० हजार नष्ट भएका छन् । प्रारम्भिक अनुमानहरूले डढेलोबाट हुने आर्थिक क्षति ५२ अर्बदेखि ५७ अर्ब अमेरिकी डलरको बीचमा रहेको देखाएको छ ।

जुन २०१८ को क्यालिफोर्नियाको डढेलोबाट भएको विनाशभन्दा बढी हो । जेपी मोर्गनका विश्लेषकहरूले बीमा गरिएको क्षति २० अर्ब डलरभन्दा बढी हुनसक्ने अनुमान गरेका छन् ।


प्रकाशित मिति: २८ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?