Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

क्यालिफोर्नियामा भीषण आगलागी : हजारौं घर र भवनहरू जलेर नष्ट


काठमाडौँ। शुक्रवारदेखि लस एन्जलस काउन्टीका विभिन्न भागहरूमा भीषण डढेलोको श्रृङ्खला जारी छ ।

जुन आंशिक रूपमा मात्र नियन्त्रणमा आएको छ । जसले गर्दा त्यहाँका बासिन्दाहरूको जीवनमा व्यापक अवरोधहरू सिर्जना भएको बताइएको छ । विद्यालयहरू बन्द हुनुका साथै असंख्य मनोरञ्जन, खेलकुद र सामुदायिक कार्यक्रमहरू रद्द गरिएका छन् । काउन्टी मेडिकल परीक्षकको कार्यालयकाअनुसार क्षेत्रको इतिहासकै सबैभन्दा ठूलो डढेलोले कम्तिमा ११ जनाको ज्यान लिएको छ ।

हालसम्म १० हजार भन्दा बढी भवनहरू नष्ट भएका छन् । आगलागीले दशौं हजार बासिन्दाहरूलाई विष्थापित गरेको छ । कम्तिमा ७० हजार घरहरू खतरामा छन् भने १० हजार नष्ट भएका छन् । प्रारम्भिक अनुमानहरूले डढेलोबाट हुने आर्थिक क्षति ५२ अर्बदेखि ५७ अर्ब अमेरिकी डलरको बीचमा रहेको देखाएको छ ।

जुन २०१८ को क्यालिफोर्नियाको डढेलोबाट भएको विनाशभन्दा बढी हो । जेपी मोर्गनका विश्लेषकहरूले बीमा गरिएको क्षति २० अर्ब डलरभन्दा बढी हुनसक्ने अनुमान गरेका छन् ।


प्रकाशित मिति: २८ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?