Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

भुक्तानी नदिँदा २ सय बढी काम समस्याग्रस्त भइसके:निर्माण व्यवसायी महासंघ


काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघले निर्माणको भुक्तानी नदिँदा अहिलेसम्म २ सय बढी कामहरु समस्याग्रस्त भएको बताएको छ ।

शनिवार काठमाडौंमा भएको राष्ट्रिय भेलामा बोल्दै महासंघका अध्यक्ष रवि सिंहले अहिलेसम्म सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी नदिँदा २ सय भन्दा बढी काम समस्याग्रस्त भइसकेको र आगामी असार मसान्तसम्म १५ सय बढी निर्माण ठेक्काहरु समस्याग्रस्त हुने स्थिति रहेको बताएका छन् । उनले लामो समयदेखि निर्माणको भुक्तानी माग गरेको भएपनि सरकारले नदिएको बताउदै गत वर्षकै पूरा भुक्तानी सरकारले नदिएको गुनासो गरे ।उनले यो वर्ष गर्नुपर्ने भुक्तानीहरुको विनियोजित बजेट पनि विनियोजन नहुँदा निर्माण क्षेत्र अस्तव्यस्त भएको बताए ।

उनले भने, ‘यो राष्ट्रिय भेला गर्नुको औचित्य हामीले लामो समयदेखि सम्माननीय प्रधानमन्त्रीज्यु, उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्रीज्यु, उपप्रधानमन्त्री एवं अर्थमन्त्रीज्यु, विकासे मन्त्रालयका मन्त्रीज्यु, मन्त्रीज्युहरु, मुख्यसचिवज्यु, सचिवज्युहरु लगायत सम्पूर्णलाई निर्माण उद्योगमा भएको सकसका विषयमा जानकारी गराउँदा गराउँदै सरकारले अहिलेसम्म यो काम गर्ने मुल समयमा पनि गत वर्षकै भुक्तानीमा पनि पूर्ण रुपमा भुक्तानी गर्न असक्षम भएको छ । यो वर्ष गर्नुपर्ने भुक्तानीहरुको विनियोजित बजेट पनि गत वर्षको भुक्तानी हुँदै गर्दा समग्रमा निर्माण क्षेत्र अस्तव्यस्त भएको अवस्था छ । सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनले म्याद थप लगायतका समस्याहरु सम्बोधन गर्दैगर्दा यो म्याद थप निर्माण उद्योगीको कारणले, कम्पनीको कारणले भन्दा पनि म्याद थप सार्वजनिक खरिदका नियुक्ताहरुले बजेट नभएको कारणले गर्दा, उहाँहरुले समयमा भेरिफिकेसन नगरेको कारणले गर्दा २ सय बढी काम समस्याग्रस्त भएको छ । यो असारसम्म १५ सय वटा कामहरुको समस्यामा पर्छ ।’

अध्यक्ष सिंहले समस्या समाधान कसरी गर्ने भनेर छलफल र निस्कर्ष निकाल्न राष्ट्रिय भेलाको आयोजना गरेको बताउंदै उनले सिमेन्ट र डन्डी लगायतका निर्माण सागम्रीहरुमा भएको कालोबजारीको कसरी बिरोध गर्ने भन्ने निस्कर्षका लागि पनि भेला बोलाइएको बताए । उनले सात प्रदेश र ७७ जिल्लाकै निर्माण व्यवसायीहरु भेलामा उपस्थित रहेको जानकारी दिए ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?