Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

बङ्गलादेशको गार्मेन्ट उद्योगका श्रमिकद्वारा आन्दोलन जारी


काठमाडौँ । बङ्गलादेशका गार्मेन्ट उद्योगीहरूले नयाँ सरकारको आगमनसँगै व्यवसायमा सुधार भएको बताएका छन् ।

मालिकहरूले व्यवसाय उकालो लागेको बताइरहदा निराश श्रमिकहरू भन्छन् कि कडा परिश्रमपछि प्राप्त गरेको छुटले उनीहरूको परिस्थितिमा परिवर्तन गर्न खासै केही गरेको छैन र जीवन पहिलेजस्तै कठिन छ ।

आफ्नो पूरा नाम प्रयोग गर्दा आफ्नो जागिर नै धरापमा पर्ने बताउँदै गार्मेन्टमा काम गर्ने २४ वर्षीया खातुनले भने , “अहिले पनि पहिलेजस्तै शोषण छ । उल्लेख्य केही भएको छैन ।”

विश्वकै दोस्रो ठुलो गार्मेन्ट उत्पादक मुलुकले महिनौँ लामो हिंसाका कारण कम्पनीको उत्पादन पटक–पटक रोकिएका थिए । केही महिना यता देशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएका छन् ।राम्रो सुविधा र बढी तलबको माग गर्दै गार्मेन्ट फ्याक्ट्रीमा प्रदर्शन जारी छ ।

बङ्गलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन (बीजीएमईए) ले अक्टोबरमा ४० करोड अमेरिकी डलर घाटा व्यहोरेको जनाएका छन् । यस्तो कठिन अवस्थामा श्रमिकका सबै मागलाई सम्बोधन गर्न नसकिने भन्दै पाँच प्रतिशत ज्याला बढाउने सहमति सरकारसँग गरेका थिए ।

श्रमिक आन्दोलनका कारण सयौँ कारखानाहरू बन्द भएका छन् र दशौं हजारले रोजगारी गुमाएका छन् । गार्मेन्टलाई चाहिने दक्ष जनशक्ति आकर्षक आम्दानीको लोभमा खाडी मुलुक तथा अन्य विकशित मुलुकतर्फ पलायन हुने क्रम जारी छ ।

तर सेप्टेम्बरमा पाँच प्रतिशत तलब वृद्धि गर्ने सहमति भएपछि उद्योग पुनरुत्थानका लागि कतिपय श्रमिक संघ तथा सङ्गठनले कामलाई सञ्चालन गर्न व्यवसायीलाई सहयोग गर्ने बताएपनि अझै कतिपय संगठन आन्दोलित नै छन् ।


प्रकाशित मिति: २५ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?