Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

समितिबाट एक वर्षसम्म पनि एउटा विधेयक पारित गर्न नसक्नुले सांसदमाथि नै प्रश्न उठ्छः मन्त्री भण्डारी


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले अत्यावश्यक कानून निर्माणका लागि संसद हुँदै समितिमा पठाएको आठ महिनासम्म पनि विधेयक पास हुन नसक्नु लज्जाको विषय भएको बताएका छन् ।

मंगलवारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले ‘सरकारले अत्यावश्यक कानून निर्माणका लागि संसद हुँदै समितिमा पठाइसक्दा पनि आठ महिनासम्म पनि विधेयक पारित नहुनु दुःखको विषय भएको बताएका हुन् । उनले समितिबाट विधेयक पारित हुन नसक्नुले सांसदहरुका काममाथि प्रश्न उठ्ने बताएका छन् ।

उनले एउटा कानून बनाउन एक वर्षको समय लाग्ने कुराबाट देश विकास हुन नसक्ने बताए । समितिले विचाराधिन विधेयकलाई छिटो भन्दा छिटो पारित गर्नेगरी अघि बढ्न जरुरी रहेको बताएका छन् ।

अहिलेका विद्यमान कानूनका जटिलताहरुबाट सरकार आजित रहेको बताए । समितिलाई पर्याप्त बिजनेस दिन मन्त्रालय तयार रहेको बताए । मन्त्री भण्डारीले समितिलाई आग्रह गर्ने अधिकार सरकारको रहेको बताए ।

उनले भने , ‘सरकारले अत्यावश्यक कानून निर्माणका लागि संसद हुँदै समितिमा पठाइसक्दा पनि आठ महिना लाग्छ भने हामीले के गर्‍यौँ भन्नेकुराको पनि खोजि गर्ने हो की ? मान्य सभापति लगायत मान्य सदस्यज्युहरुसँग आग्रह गर्न चाहन्छु । आज आठ आठ महिनासम्म निस्कर्षमा नपुग्ने, मै पनि यसको धेरै यो विधेयकको छलफलको प्रक्रियामा सामेल भएको छु । मान्यज्युहरुका मतहरु पनि छन् । समिति भन्दा बाहेकका मान्यज्युहरुसँग पनि संशोधन प्रश्तावमा पनि हामीले संसदमा भाग लियौँ । धेरै चरणमा हामीले छलफल गरेका छौँ । धेरै चरणमा सरकारले यसको थालनी गर्दादेखि अहिलेसम्म आइपुग्दा कानूनमा जान्छ, कानूनले धेरै कुराको नबाजिने गरेरै ल्याउँछ । एउटा कानून बनाउन एक वर्ष हामी लगाउँछौँ भने के गर्छौं ? अब यसलाई हामी कुन रुपबाट टुंग्याऔँ ।’

मन्त्रीले आफ्नो धारणा राख्दै गर्दा समिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आपत्ति जनाए । मन्त्री भण्डारीको भनाइप्रति आपत्ति जनाउँदै पराजुलीले समितिले सरकारलाई निर्देशन दिनसक्ने भन्दै मन्त्रीले समितिमाथिको काम कारबाहीमा औंला उठाउन नपाउने बताएका छन् ।

समितिमा काम, कारबाही कसरी अघि बढेको छ भन्नेबारेमा जानकारी गराउने जिम्मेवारी सभापतिको भएको बताए । मन्त्रीले समितिले दिएको निर्देशनको कार्यान्वयन गर्नुपर्ने बताएका छन् । समितिमा विधेयकहरु पठाउन नसक्नु मन्त्रालयको कमजोरी भएको बताए ।

समितिको बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले सरकारबाट आएका आग्रहलाई समितिले स्वीकार गर्ने बताए । उनले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा उपसमितिले दिएका २० वटा सुझावहरु दिएको उल्लेख गर्दै २० वटै बुँदाको विषयमा मन्त्रालयको धारणा माग गरे । उनले लामो समयपछि पनि अहिलेसम्म विधेयक पास गर्न नसकेको अवस्थालाई समितिले पनि बुझेको उल्लेख गरे ।

सभापति खानले कानून बनाउँदा, दिगो, विश्वसनियतापूर्ण ढंगले बनाउनुपर्ने भएकाले समय लागेको बताए । एउटा कानून पास नहुँदा अर्को कानून ल्याउन नसकिने भन्ने नरहेको बताए ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?