Trending
>>   राष्ट्रिय गौरवका योजना बनाउन जनशक्तिको अभाव छः खेलकुदमन्त्री >>   राप्तीमा ४१ गोही छोडियो >>   मुलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन >>   पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जान्छौंः अध्यक्ष सिंह >>   नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन्ः पूर्वकानूनमन्त्री शर्मा >>   बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह >>   इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी >>   शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले टुंगिन सकेनन्ः अध्यक्ष दाहाल >>   शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छ >>   यो वर्षको हिउँद पनि सुख्खा हुने, चुनौति थपियो
Logo
२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

व्यापार पारवहन सम्झौताका जटिलतालाई समाधान गर्छाैंः उद्योगमन्त्री भण्डारी


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठकमा व्यापार पारवहन सम्झौतामा रहेका जटिलतालाई समाधान गर्ने गरी छलफल गरिने बताएका छन् ।

सोमवार नेपाल निर्यात परिषदको २७ औँ वार्षिक साधारणसभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताए । उनले चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक यही पुस २५ र २६ गते काठमाडौंमा हुने तय भएको बताए ।

उनले बैठकमा नेपाल र भारतका बीचमा व्यापार पारवहनमा रहेका जटिलता र समस्या समाधान गर्नेगरी छलफल गर्ने तयारी पूरा भएको बताए । उनले भारतसँगको व्यापारमा गुणस्तर प्रमाणपत्रमा देखिएको समस्या नेपाल सरकारले समाधान चाहेको बताए ।

उनले नेपाल र भारतबीचको व्यापारका क्षेत्रमा आएका समस्याहरुका विषयमा बैठकमा खुला रुपमा छलफल हुने जानकारी दिए । उनले नेपाल र भारतबीचमा ल्याण्डलकका समस्या र नेपालले प्राप्त गर्नुपर्ने समुन्द्रिक सतह र सुख्खा बन्दरगाहमा तेस्रो मुलुकमा निर्यात गर्दा पाउने अधिकारका विषयमा पनि छलफल हुने बताएका छन् ।

उनले नेपालमा उत्पादित कृषिजन्य उत्पादनहरु अलैंची,जुट, चिया र अदुवा जस्ता वस्तु निर्यातमा रहेका समस्या समाधानका विषयमा पनि छलफल गरिने बताए । उनले भारतसँगको व्यापार आयात र निर्यातको विषयमा नयाँ चरणबाट अघि बढ्ने बताएका छन् ।

उनले नेपाल र भारत सरकारबीच व्यापार पारवहन सम्झौतामा रहेका जटिलतालाई उच्चस्तरमा समाधान गर्ने तयारी रहेको बताएका छन् । उनले सरकारले निर्यात प्रवद्र्धनको लागि कोशिस गरिरहेको बताए । उनले चीनमा रातो मासु निर्यातको लागि सम्झौता गरिसकेकाले त्यसको सदुपयोग निजी क्षेत्रले गर्न आवश्यक रहेको बताएका छन् ।

उनले नेपालमा उत्पादित वस्तुहरुको कच्चा पदार्थ निर्यात प्याकेजिङ र ब्राण्डिङ गरेर गर्न आवश्यक रहेको बताए । उनले नेपालको निजी क्षेत्रले निर्यात भइरहेको चियालाई प्याकेजिङ र ब्राण्डिङ गर्न नसकेको बताएका छन् ।

उनले अदुवा,चिया अलैँची निर्यात गरिरहेका वस्तुको प्याकेजिङ र ब्राण्डिङ गर्न नसकेका कारणले निर्यात व्यापार सुस्ताएको बताए । उनले नेपालको उच्च गुणस्तरको कफी निर्यात पनि बोरामा राखेर निर्यात गर्ने गरेको भन्दै प्याकेजिङ र ब्राण्डिङ गर्न आवश्यक रहेको बताएका छन् ।

उनले भने ,‘नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठकमा विगत चार वर्षदेखि हुन सकेको थिएन । बीचमा भर्चुअल बैठक बसेको थियो । त्यो भन्दा बाहेक अर्को बैठक बस्न सकेको थिएन । सरकारले बैठकमो मिति तय गरेको छ । जुन पुस २५ र २६ गते काठमाडौंमा हुने छ । पूर्वतयारीहरु पूरा भइसकेका छन् । निजी क्षेत्रसँग पनि छलफल अघि बढाएका छौं । भारतसँगको व्यापारमा गुणस्तर प्रमाणपत्रको सन्दर्भ छ त्यसलाई पनि सरकार सल्ट्याउन चाहन्छ । नेपाल र भारतबीचको व्यापारका क्षेत्रमा आएका समस्याहरुमा खुला रुपमा छलफल गर्छौं । समस्याको साधान दिएर अघि बढ्छौं । नेपाल र भारतबीचमा ल्याण्ड लकका समस्या र नेपालले प्राप्त गर्नुपर्ने समुन्द्रिक सतह सुख्खाबन्दरगाहमा तेस्रो मुलुकमा निर्यात गर्दा कहाँ अधिकार पाउने विषयमा पनि छलफल गर्नेछौं । वस्तु निर्यातमा रहेका समस्याका विषयमा पनि छलफल गर्नेछौं । भारतसँगको व्यापार आयात र निर्यातको विषयमा नयाँ चरणबाट अघि बढ्छौं । नेपाल र भारत सरकारबीच व्यापार पारवहन सम्झौतामा रहेका जटिलतालाई उच्च स्तरमा समाधान गर्ने तयारी छ । सरकारको पक्षबाट कोशिस भएको छ । मुलुकको उत्पादन कति छ ? रातो मासु चीन निर्यात गर्न सक्ने पशुपालनको क्षेत्रमा सम्झौता भएको छ । तर निजी क्षेत्रले त्यो कुरा उठन गर्न चोहको देखिएन । निर्यातमा प्रमोसन भएन भएन गीत गाइरहेका छौं । सरकारले चीनसँग रातोमासु निर्यातको लागि बाटो खुला गरेको छ । त्यसमा लगानी गर्न सक्नुपर्छ । नेपालमा उत्पादित वस्तुहरुको कच्चा पदार्थ निर्यात गरिरहेको छ । त्यसको प्याकेजिङ र ब्राण्डिङ निजी क्षेत्रले गर्न नसकेको हो । निर्यात भइरहेको चियालाई प्याकेजिङ र ब्राण्डिङ गर्न सक्यो भने दोब्बर लाभ लिनसक्छौं । अदुवा,चिया अलैँची निर्यात गरिरहेका वस्तुको प्याकेजिङ र ब्राण्डिङ गर्न नसकेका कारणले निर्यात व्यापार सुस्ताएको छ । नेपालको उच्च गुणस्तरको कफी निर्यात गर्न सकिएको छैन । नेपालले बोरामा राखेर पठाएको छ । अरुले प्याकेजिङ र ब्राण्डिङ गरेरका छन् ।’

मन्त्री भण्डारीले नेपाली बजारमा पर्याप्त विदेशी मुद्रा भित्र्याउने गरी सरकारले तयारी गरिरहेको बताए । उनले विदेशी लगानी भित्र्याउन सरकारले नीतिगत सुधारका योजनाहरु बनाइरहेको बताएका छन् ।

उनले लगानीको मुनाफा सुनिश्चित गर्न नीतिगत सुधारमा सरकार लागिपरेको बताए । मन्त्री भण्डारीले नेपालको उत्पादन अन्यत्र निर्यातका निजीक्षेत्रले उत्पादनमा जोड दिनुपर्ने बताए ।

सरकार र निजी क्षेत्रले नीतिगत, संरचनागत, व्यवहारिक र व्यवसायिक क्षेत्रमा हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन्।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?