Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

फागुन १६ र १७ गते सरकारले श्रम तथा रोजगार सम्मेलन गर्दै


काठमाडौँ । सरकारले पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ गर्ने भएका छन् ।

बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामि फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।

वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतिहरुको विश्लेषण गरी अगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएका छन् । मन्त्रालयकाअनुसार सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिनेछन् ।

अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन आएकोले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको विश्वास छ । उनले श्रम बजरका लागि उद्योग र प्रतिष्ठानको भुमिका र देशको लागि सम्पूर्ण आपूर्ति श्रृंखलाहरुमा समेत रोजगारीको विषयमा छलफल गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।

उनले उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानीन न्युन हुँदा मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको बताए । समग्र कृषी र उद्योगमा लगानी प्रवद्र्धन, उत्पादन न्युन हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो संकेत नभएको उनको भनाइ छ ।

उनले श्रमिकको माग न्युन हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।

सहसचिव घिमिरेले भने , ‘अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन भएको छ । सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरुमा समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने अवस्था देखिएको छ । उद्योग र प्रतिष्ठानको भुमिका र देशको लागि सम्पूर्ण आपूर्ति श्रृंखलाहरुमा समेत रोजगारीको विषयलाई हामीले छलफल गर्नुपर्ने देखिएको छ । हाल उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानीन न्युन भएको छ । मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको छ । व्यक्तिगत स्वरोजगार भन्दापनि वेदैशिक रोजगारमा जान इच्छुक भएका छन् । उत्पादन र उत्पादकत्व वृद्धि भन्दापनि वस्तुको आयातमा हाम्रो अर्थतन्त्र घुमेको छ । समग्र कृषि र उद्योगमा लगानी प्रवद्र्धन, उत्पादन न्युन हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो मानिँदैन । यसमा रुपान्तरण अनिवार्य देखिएको छ । श्रमिकको माग न्युन हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु समेत चिन्ताको विषय हो । श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक छ । वैदेशिक रोजगारी हाम्रो अर्थतन्त्र र समाजको अभिन्न अंग भएको छ । मुलुकको वैदेशिक मुद्रा आय आयर्जनको प्रमुख स्रोत भएको छ । बिप्रेषणलाई कसरी मुलुकको रुपान्तरणमा गर्न सकिन्छ भन्ने विषयको बहस गर्न ढिला गर्नु हुँदैन । वैदेशिक रोजगारीलाई मुलुकको अर्थतन्त्रको अल्पकालिन मेरुदण्डकोरुपमा मात्र लिन सकिन्छ । मुलुकको उत्पादन र उत्पादकत्व वृद्धि नै मुलुकको अगामी कार्य इच्छा हुनुपर्दछ ।’

सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता तथा विज्ञ गरी ५ सय जनाको सहभागिता रहने बताएका छन् । मन्त्रालयले यसअघि पनि चार वटा श्रम तथा रोजगार सम्मेलन गरिसकेको भएपनि सम्मेलनबाट आएका निस्कर्षहरु कार्यान्वयन गर्न सकेको छैनन् ।

यस सम्मेलनले विगतमा भएका निर्णयहरुलाई कार्यान्वयन गर्न सहज वातावरण सिर्जना गर्ने सरकारको विश्वास छ ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?