Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

फागुन १६ र १७ गते सरकारले श्रम तथा रोजगार सम्मेलन गर्दै


काठमाडौँ । सरकारले पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ गर्ने भएका छन् ।

बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामि फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागेको जानकारी दिएका हुन् ।

वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतिहरुको विश्लेषण गरी अगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएका छन् । मन्त्रालयकाअनुसार सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिनेछन् ।

अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन आएकोले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको विश्वास छ । उनले श्रम बजरका लागि उद्योग र प्रतिष्ठानको भुमिका र देशको लागि सम्पूर्ण आपूर्ति श्रृंखलाहरुमा समेत रोजगारीको विषयमा छलफल गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् ।

उनले उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानीन न्युन हुँदा मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको बताए । समग्र कृषी र उद्योगमा लगानी प्रवद्र्धन, उत्पादन न्युन हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो संकेत नभएको उनको भनाइ छ ।

उनले श्रमिकको माग न्युन हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।

सहसचिव घिमिरेले भने , ‘अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन भएको छ । सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरुमा समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने अवस्था देखिएको छ । उद्योग र प्रतिष्ठानको भुमिका र देशको लागि सम्पूर्ण आपूर्ति श्रृंखलाहरुमा समेत रोजगारीको विषयलाई हामीले छलफल गर्नुपर्ने देखिएको छ । हाल उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानीन न्युन भएको छ । मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको छ । व्यक्तिगत स्वरोजगार भन्दापनि वेदैशिक रोजगारमा जान इच्छुक भएका छन् । उत्पादन र उत्पादकत्व वृद्धि भन्दापनि वस्तुको आयातमा हाम्रो अर्थतन्त्र घुमेको छ । समग्र कृषि र उद्योगमा लगानी प्रवद्र्धन, उत्पादन न्युन हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो मानिँदैन । यसमा रुपान्तरण अनिवार्य देखिएको छ । श्रमिकको माग न्युन हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु समेत चिन्ताको विषय हो । श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक छ । वैदेशिक रोजगारी हाम्रो अर्थतन्त्र र समाजको अभिन्न अंग भएको छ । मुलुकको वैदेशिक मुद्रा आय आयर्जनको प्रमुख स्रोत भएको छ । बिप्रेषणलाई कसरी मुलुकको रुपान्तरणमा गर्न सकिन्छ भन्ने विषयको बहस गर्न ढिला गर्नु हुँदैन । वैदेशिक रोजगारीलाई मुलुकको अर्थतन्त्रको अल्पकालिन मेरुदण्डकोरुपमा मात्र लिन सकिन्छ । मुलुकको उत्पादन र उत्पादकत्व वृद्धि नै मुलुकको अगामी कार्य इच्छा हुनुपर्दछ ।’

सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता तथा विज्ञ गरी ५ सय जनाको सहभागिता रहने बताएका छन् । मन्त्रालयले यसअघि पनि चार वटा श्रम तथा रोजगार सम्मेलन गरिसकेको भएपनि सम्मेलनबाट आएका निस्कर्षहरु कार्यान्वयन गर्न सकेको छैनन् ।

यस सम्मेलनले विगतमा भएका निर्णयहरुलाई कार्यान्वयन गर्न सहज वातावरण सिर्जना गर्ने सरकारको विश्वास छ ।


प्रकाशित मिति: १७ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?