Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

के हो बाथ रोग ? यी हुन सक्छन् लक्षणहरु


काठमाडौँ। बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निने गर्दछ।

बाथ रोगका धेरै प्रकारहरु हुने भएपनि सामान्यता गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस बाथ धेरैमा देखिने गरेको छ। यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ।

बाथ रोग भिभिन्न कारणले हुने गर्दछ। यो वंशाणुगत पनि हुन्छ साथै वातावरण प्रदूषण तथा चुरोटको धूवाँले यस्तो बाथलाई बढाउने देखिन्छ। यस्तोखाले बाथमा गेडागुडी, दाल वा माछामासु खाएर केही फरक पर्दैन। बासी, चिसो हावापानी तथा चुरोटको धूवाँबाट भने सकभर बच्नुपर्छ।बाथ रोगको पहिचान रोग लागेको ३ महिनादेखि १ वर्षभित्र गर्न सक्नुपर्छ।

लक्षणहरूः

१. हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने

२. यसले ज्वरो आउने

३. आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता

४. छालामा निको नहुने घाउ आउने

५.आँखा रातो हुने तथा दुख्ने

६.फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने

७.फोक्सोबाहिर पानी जम्ने

एजेन्सीको सहयोगमा /


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?