Trending
>>   बाजुरा भूकम्प : क्षतिको विवरण सङ्कलन हुँदै >>   श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण >>   जर्मनीका लागि नेपाली राजदूत डा. रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस >>   ध्यान योगलाई विद्यालयस्तरसम्म जोड्नुपर्छ : मुख्यमन्त्री कार्की >>   मौसम :हल्का वर्षा र हिमपातको सम्भावना >>   ध्यान मानव जातिको कल्याणका निम्ति : प्रधानमन्त्री ओली >>   दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध >>   एनपीएल फाइनल आज, उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै >>   आज विश्व ध्यान दिवस मनाइँदै >>   लगातार उकालो लागेको यूरो र अमेरिकी डलरको भाउ घट्यो
Logo
६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

ध्यान मानव जातिको कल्याणका निम्ति : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई ध्यान दिवसका रूपमा मान्यता दिएकामा उनले खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, “यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु । सबैमा बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ । यसबाट लाभ लिऔँ ।”

ध्यान मानव जातिको कल्याणका निम्ति भएको बताउँदै प्रधानमन्त्रीले बर्सेनि यस दिवसलाई मनाउँदै जान अनुरोधसमेत गरेका छन्। “वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रूपमा अपनाऔँ”, उनले भनेका छन् ।

मानव जाति शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अरूलाई पनि स्वस्थ रहन सहयोग पुर्‍याउनुपर्ने बताएका हुन् ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?