Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

यमनमा इजरायली हवाई आक्रमणः ९ जनाको मृत्यु


काठमाडौँ। यमनको राजधानी शहर साना र पश्चिमी प्रान्त होदेइदाहको रेड सी बन्दरगाहमा बिहीवार इजरायली हवाई आक्रमणमा नौ जनाको मृत्यु भएको छ ।

अस–सलिफ बन्दरगाहमा सात जनाको मृत्यु भएको र रस इस्सा तेल सुविधाको बन्दरगाहमा दुई जना मारिएका छन् । सानामा अल–मासिराह टिभीले इजरायली हवाई आक्रमणले सानाको दक्षिण र उत्तरमा क्रमशः हिजियाज र धाबान पावर स्टेशनहरूलाई निशाना बनाएको बताएका छन् ।

उत्तरी यमनको धेरैजसो भाग नियन्त्रण गर्ने हुथी समूहले इन्धन र खाना पकाउने ग्यास आयात गर्न र आफ्नो नियन्त्रणमा रहेका क्षेत्रका बासिन्दाहरूलाई बेच्न रस इस्सा र अस–सलिफ बन्दरगाहहरू प्रयोग गर्दछन् ।

अक्टोबर २०२३ देखि हुथी सेनाहरूले प्यालेस्टिनीहरूको समर्थनमा इजरायलमा ड्रोनहरू र सतहदेखि सतहमा मार हान्ने मिसाइलहरूसहित आक्रमण गर्दै आएका छन् ।


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?