Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

यमनमा इजरायली हवाई आक्रमणः ९ जनाको मृत्यु


काठमाडौँ। यमनको राजधानी शहर साना र पश्चिमी प्रान्त होदेइदाहको रेड सी बन्दरगाहमा बिहीवार इजरायली हवाई आक्रमणमा नौ जनाको मृत्यु भएको छ ।

अस–सलिफ बन्दरगाहमा सात जनाको मृत्यु भएको र रस इस्सा तेल सुविधाको बन्दरगाहमा दुई जना मारिएका छन् । सानामा अल–मासिराह टिभीले इजरायली हवाई आक्रमणले सानाको दक्षिण र उत्तरमा क्रमशः हिजियाज र धाबान पावर स्टेशनहरूलाई निशाना बनाएको बताएका छन् ।

उत्तरी यमनको धेरैजसो भाग नियन्त्रण गर्ने हुथी समूहले इन्धन र खाना पकाउने ग्यास आयात गर्न र आफ्नो नियन्त्रणमा रहेका क्षेत्रका बासिन्दाहरूलाई बेच्न रस इस्सा र अस–सलिफ बन्दरगाहहरू प्रयोग गर्दछन् ।

अक्टोबर २०२३ देखि हुथी सेनाहरूले प्यालेस्टिनीहरूको समर्थनमा इजरायलमा ड्रोनहरू र सतहदेखि सतहमा मार हान्ने मिसाइलहरूसहित आक्रमण गर्दै आएका छन् ।


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?