Trending
>>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन >>   कवाड व्यवसायीहरुको जिउधन र पेशागत सुरक्षा सुनिश्चित गर्न संघर्ष समितिको माग >>   सुहाङ नेम्वाङलाई प्रधानमन्त्रीले भनिन्ः कुनै दुविधा नराखि निर्वाचनमा लाग्नुस् >>   वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना >>   पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ >>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

आज २०८१ साल पौष ५ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल


२०८१ साल पौष ५ गते शुक्रबार (20 Dec,2024) पौष कृष्णपक्ष पञ्चमी १२:५० बजेसम्म, त्यसपछी षष्ठी

मेष – बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्याक्तित्त्वहरु सामु तपार्ईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृष – राजनीति तथा समाज सेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईंको कमजोर उपस्थितिको फाइदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला ।

मिथुन – वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महसुस हुनेछ ।

कर्कट – आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ ।

सिंह – राम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठूलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होइनेछ । थोरै स्रोत साधन प्रयोग गरी असीमित आवश्यकता पूरा गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मीठामीठा कुरा गरी समय व्यतित गर्न सकिनेछ ।

कन्या – स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

तुला – लाभस्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानी गरी मनग्य नाफा कमाउन सकिनेछ भने सरकारी स्रोत साधन प्रयोग गर्न पाइने योग रहेकोछ । पैत्रिक धन तथा सम्पत्ति हातलागी हुने योग रहेको छ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ ।

बृश्चिक – नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुदा मानशिक तनाव बढ्नेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । माया प्रेममा आफ्नो मायालुसँग मनमुटाव बढ्नेछ ।

धनु – लामो दूरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक काम गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यावसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ ।

मकर – काम गर्दा ख्याल गर्नुहोला, सुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनुपर्ने बाध्यता आउनेछ । प्रणयसम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवनसाथीको सहयोग नपाउँदा काम थाँती रहनेछन् ।

कुम्भ – व्यापार व्यावसायमा नाफा कमाउन बढी नै सङ्घर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपूर्ण हुनसक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुँदा मनमा अशान्तिले गतिलो डेरा जमाउनेछ ।

मीन – व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पतिपत्नीबीच मनमुटाव बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । गोप्य कुरा बाहिर आउने अधिक सम्भावना रहेको छ ।

राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस्। शुभदिन ।।


प्रकाशित मिति: ५ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?