Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल


काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदनमाथि छलफल गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको अध्यक्षतामा गठन गरिएको कार्यदलले सरकारलाई विभिन्न बुँदामा सुझाव दिएको छ ।

कार्यदलले स्वास्थ्य परीक्षण, स्वास्थ्य परीक्षण प्रक्रियालाई विश्वसनीय, सरल, सहज र पहुँचयोग्य बनाउने तथा स्वास्थ्य संस्थालाई ‘डिजिटलाइट’ गर्ने विषयमा सुझाव दिएको हो । यस्तै, उपकरणको गुणस्तर तथा शुद्धता वृद्धि, नसर्ने रोग र पेसागत स्वास्थ्य, श्रमिकको स्वास्थ्य समस्यालाई वर्गीकरण गरी ‘क्लस्टरिङ’ गर्ने, मानसिक स्वास्थ्य, मनोसामाजिक परामर्श र स्वास्थ्य साक्षरतालाई स्वास्थ्य परीक्षणको प्रक्रियासँग जोड्ने विषयमा सुझाव दिइएको त्यस अवसरमा जानकारी दिइयो ।

कार्यदलले गन्तव्य मुलुकको कूटनीतिक नियोग र दूतावासले खेल्नुपर्ने भूमिका, नीति तथा कानुनी व्यवस्थामा गर्नुपर्ने संशोधन र सङ्घीय संरचनामा स्वास्थ्य परीक्षणको कामलाई व्यवस्था गर्नेलगायत सम्बन्धमा बुँदासहित सरकारलाई सुझाव दिएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले कार्यदलले दिएका सुझावलाई तत्काल र दीर्घकालीन गरी दुई खण्डमा छुट्याएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा भएका विकृतिलाई समाधान गरिने बताए ।

कार्यदलका अध्यक्ष अतिरिक्त सचिव डा सिंहले स्वास्थ्य संस्थाको अनुगमन, विदेशबाट फर्किएका नागरिक तथा वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान लगायतसँग समूहगत छलफल गरी प्रतिवेदन तयार गरिएको बताए । सरकारले गत भदौ १३ गते डा सिंहको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । कार्यदलमा विभिन्न क्षेत्रका विशेषज्ञ गरी ३० जना रहेका थिए ।


प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?