काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ ।
बुधबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सो आदेश गरेको हो ।
पछिल्लो पटक जिल्ला अदालतले साइबर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि उनका छोरा नीराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन् ।
प्रकाशित मिति: ३ पुष २०८१, बुधबार