Trending
>>   कस्तो रहला आज दिनभरको मौसम ? >>   घुस सहित अधिकृत सापकोटा अख्तियार पुगेपछि … >>   आज २०८१ साल मङ्सिर २९ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   माओवादी केन्द्रिय समिति बैठक पुस २१ गतेदेखि >>   चाँडै अनुमति प्राप्त कम्पनीहरुमार्फत मात्रै घरजग्गा खरिदविक्री गर्ने कानून कार्यान्वयनमा ल्याउँछौंः अर्थमन्त्री पौडेल >>   कर्मचारी ऐन संशोधनको तयारीमा छौं, संसद सचिवालयका कर्मचारीका मागहरु सम्बोधन हुन्छन्ः कानूनमन्त्री चौरसिया >>   संसद सेवाको प्रभावकारिताबारे समिक्षा गरौंः राष्ट्रिय सभा अध्यक्ष >>   अडानी बन्दरगाह परियोजना जारी रहने श्रीलङ्काको भनाइ >>   एनपिएल : विराटनगरद्वारा चितवन सामु १८२ रनको लक्ष्य प्रस्तुत >>   भारतीय प्रधानमन्त्री मोदीलगायत नेताद्वारा सन् २००१ को संसद् आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त
Logo
२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

घुस सहित अधिकृत सापकोटा अख्तियार पुगेपछि …


काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना भएको छ ।

आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवम् हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा सोही पदमा कार्यरत धुव्रप्रसाद सापकोटासँग जोडिएको एक मुद्दामा अनुसन्धान गरिरहेको थियो । मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको अनुसन्धानका क्रममा स्थलगत मुचुल्का र आरोपीको बयानसमेत भइसकेको छ । अनुसन्धानको क्रममा रहेको विषयसँग सम्बन्धित कागजात बुझाउन आएको भनी अनुसन्धान अधिकृतलाई कागजातसहितको खाम सापकोटाले बुझाउन खोजेका थिए ।

अनुसन्धान अधिकृतले आफैँले खाम खोल्न आग्रह गरेका थिए । सापकोटाले बोकेको हरियो रङ्गको झोलाभित्र रहेको पहेँलो खाममा ३१ थान कागजात र अर्को खामभित्र रु एक हजार दरको ९६ वटा र पाँच सय दरको आठ थान गरी एक लाख रकम रहेको आयोगले जनाएको छ ।

अनुसन्धान अधिकृतले यो केको पैसा हो ? भनी प्रश्न गर्दा प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मुद्दा मिलाइदिन भनी स्वेच्छाले ल्याएको बताएका थिए । सापकोटाले आयोगका अनुसन्धान अधिकृतलाई घूस दिने उद्देश्यले ल्याएको उक्त रकमसहित पक्राउ गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगको कञ्चनपुर कार्यालयबाट शुक्रबार सापकोटालाई घूस रकमसहित पक्राउ गरिएको हो ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?