Trending
>>   न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छः कानूनमन्त्री चौरसिया >>   म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री >>   कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख >>   विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल >>   चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी >>   उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइनः उर्जामन्त्री खड्का >>   आज २०८१ साल पौष ४ गते बिहिबार,हेर्नुहोस आजको राशिफल >>   न्याय परिषद्लाई गतिशिल बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरुको अन्त्य हुन्छः प्रधानन्यायाधीश राउत >>   उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैनः सभापति देउवा >>   जातपातरुपी ऐंजेरुलाई फेदैमा लुछेर फाल्नुपर्छः प्रधानमन्त्री
Logo
४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार

शेयर बजारमा सिमित व्यक्ति र समूहको चलखेललाई सरकारले नियमन गनुपर्छः पूर्वअर्थमन्त्री महत


काठमाडौँ। पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले शेयर बजारमा म्यानुपुलेसनका कारण कमजोर कम्पनीको मूल्य उच्च हुने र बलिया कम्पनी नबढ्ने स्थिति सिर्जना भएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा पूर्वअर्थमन्त्री महतले कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुने दाबी गरेका छन् । उनले पुँजीबजार सम्बन्धि नियामक निकायले यस्ता कार्यहरु नजिकबाट नियाल्न आवश्यक रहेको बताए । सिमित व्यक्ति वा समूहको चलखेललाई नियमन नगरे साधारण लगानिकताको जोखिम बढ्ने अवस्था रहेको बताउदु उनले बजारका हुने गलत गतिविधि रोक्न सरकारले पहल गर्न आवश्यक रहेको बताए ।

उनले भने,‘कमजोर कम्पनी माथि पुग्नु र बलिया कम्पनी नबढ्नुले पनि बजार स्वस्थ नरहेको स्पष्ट हुन्छ । यसर्थ नियामक निकायले यसलाई नजिकबाट नियाल्न आवश्यक छ । सिमित व्यक्ति वा समूहको चलखेललाई नियमन नगरे साधारण लगानीकर्ताको जोखिम बढेर जान्छ । सेयर बजारमा सीमित र चलखेल गर्ने व्यक्तिले मात्रै नाफा कमाउने स्थिति बनेको छ। यसर्थ, नियामक निकायले पारदर्शी भुमिका खेल्न आवश्यक छ । बजारमा हुने चलखेल र म्यानुपुलेसनलाई नियन्त्रण गरेर जान आवश्यक छ।’

पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले पछिल्लो समय शेयरबजार सीमित व्यक्तिले मात्रै कमाउने ठाउँ बनेको दाबी गर्दै अर्थतन्त्रमा केही समस्या रहेको भन्दै वर्तमान सरकारले अर्थतन्त्र सुधारको लागि प्रयास गर्ने विश्वास रहेको बताए । उनले सरकारले विदेशी सहयोगको विषयमा वैदेशिक ऋणको तीतो अनुभव रहेको बताउदै उनले आवश्यकताको आधारमा वैदेशिक ऋण दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?