Trending
>>   न्याय सेवामाथि आम जनताको विश्वास र भरोसा छः कानूनमन्त्री चौरसिया >>   म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री >>   कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख >>   विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल >>   चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी >>   उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान होइनः उर्जामन्त्री खड्का >>   आज २०८१ साल पौष ४ गते बिहिबार,हेर्नुहोस आजको राशिफल >>   न्याय परिषद्लाई गतिशिल बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरुको अन्त्य हुन्छः प्रधानन्यायाधीश राउत >>   उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैनः सभापति देउवा >>   जातपातरुपी ऐंजेरुलाई फेदैमा लुछेर फाल्नुपर्छः प्रधानमन्त्री
Logo
४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार

बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लोकसेवा आयोगको दायरामा आउन मानेनः अध्यक्ष रेग्मी


काठमाडौँ। लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लोकसेवा आयोगको दायरामा आउन नमानेको गुनासो गरेका छन् ।

बुधवारको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले यस्तो गुनासो गरेका हुन्। उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान पनि अहिलेसम्म लोकसेवा आयोगको दायरामा नआएको बताए ।

उनले संविधान बमोजिम लोकसेवा आयोगको कार्य क्षेत्रभित्र पर्नुपर्नेमा प्रतिष्ठानका केही कानूनी व्यवधानले आउन नसकेको तर बिपी कोईराला मेडिकल इन्स्टिच्युट धरान भने आउनै नचाहेको बताउदै उनले आयोगले पटक पटक सम्पर्क गर्दा पनि ऐन, कानूनमा भएको प्रावधान बाहिर गएर आयोगको दायरामा भरसक आउन नपरोस् भन्ने ध्येयका साथ बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लागेको बताए । प्रतिष्ठानको विनियममा लोकसेवा आयोगका साथै स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालयले समेत परामर्श दिइसकेको बताउदै उनले संसदीय समितिले यस विषयमा गम्भीरपूर्वक लिनुपर्ने उनको माग छ ।

उनले भने, ‘संविधान बमोजिम लोकसेवा आयोगको कार्य क्षेत्रभित्र पर्नुपर्ने दुई वटा संस्था अहिलेसम्म आएका छैनन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र बिपी कोईराला मेडिकल इन्स्टिच्युट धरान दुई वटा संस्था हाम्रो दायरामा आइरहेका छैनन् । न्याम्स कानूनमा भएका केही समस्याका कारणले आउन सकेको छैन । इमान्दारिपूर्वक उहाँहरु आउन खोजिरहनुभएको छ । तर बिपी धरानमा त्यसमा ऐन, कानूनमा भएको प्रावधान भन्दा पनि लोकसेवा आयोगको दायरामा भरसक आउन नपरोस्, आएपछि आफ्नो ढंगले लोकसेवा आयोगले सिस्टममा लग्छ भन्नेखालको कारणले हो वा के कारणले हो, उहाँहरु धेरै पटक सम्पर्क गर्दा पनि आउन सक्नुभएको छैन । उहाँहरुको विनियममा लोकसेवा आयोगले परामर्श दिइसकेको छ । स्वास्थ्य मन्त्रालयले परामर्श दिइसकेको छ । अर्थ मन्त्रालयले पनि परामर्श दिइसकेको छ । अब त्यो विनियम सिनेटमा लगेर एडप्ट गर्नुपर्नेमा सिनेट पटक पटक बस्यो । त्यो एजेण्डामै जाँदैन । यो कुरामा मान्य सदस्यहरुज्युहरुले पनि गम्भीरतापूर्वक लिनुप¥यो । मैले सुनेअनुसार मासिक १० करोड आम्दानी छ, २० करोड रुपैयाँ खर्च भइरहेको छ भन्ने छ ।’


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?